



दिवसको अवसरमा संगठन विस्तारमा योगदान पु¥याउने धनगढी–३ का अवकाशप्राप्त प्रहरी निरीक्षक भीम बहादुर शाही, अवकाशप्राप्त प्रहरी हवल्दार गण बहादुर कुँवर, अमर प्रहरी परिवारका सदस्य, अशक्त प्रहरी इन्द्रा देवी खड्का र स्व. दलबहादुर बोगटीको परिवारका तर्फबाट उनकी धर्मपत्नी कौसीला बोगटीलाई कदरपत्रसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे। कार्यक्रमको प्रारम्भ धनगढी चौराहाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसम्म बाजागाजासहित प्रभात र्याली निकालेर गरिएको थियो, जसले उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो। प्रमुख अतिथि डम्मर बहादुर बिकले पूर्व प्रहरी संगठनको भूमिकाको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी सधैं सहकार्यका लागि तयार रहेको बताए। उनले सबै प्रहरी एक दिन पूर्व प्रहरी हुने भएकाले उनीहरूप्रति सम्मान आवश्यक रहेको धारणा राखे। शिवपुरीधाम व्यवस्थापन समितिका अध्यक्ष मदन कुँवरको सहयोगमा कार्यक्रम सफल भएको भन्दै आयोजकले आभार व्यक्त गरे। यो ऐतिहासिक कार्यक्रमले पूर्व प्रहरीहरूको योगदानलाई सम्मान गर्दै संगठनको एकताको सन्देश प्रवाह गरेको छ।




































