कृष्णपुरका १८ वर्षीय ब्लड क्यान्सर पीडित महेन्द्र बिष्टको जीवनरक्षार्थ परिवारले गरे आर्थिक सहयोग आग्रह

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका–१ निगालीका १८ वर्षीय महेन्द्र बिष्ट ब्लड क्यान्सर (रक्त क्यान्सर) रोगबाट पीडित भएका छन्। स्थानीय कालिका तेक्वान्दो डोजाङका प्रतिभाशाली खेलाडी समेत रहेका बिष्टलाई हाल उपचारको लागि काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।

CP Hospital Dhangadhi

परिवारका अनुसार महेन्द्र केही समयदेखि बिरामी रहे पनि थप परीक्षणपछि उनलाई ब्लड क्यान्सर भएको पुष्टि भएको हो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन गाह्रो भइरहेको र जीवन बचाइदिन सहयोगको अपिल गरिएको छ।

सहयोग गर्न सकिने विवरण:

nawajiwan

Lumbini Bikas Bank
खाता नम्बर : 08510420308453000001
खातावालाको नाम : जानकी बिष्ट (बिरामीको आमा)

Esewa / मोबाइल सम्पर्क

Attariya Hospital

सुरेश बोहरा (Esewa) : 9863577746

जय बहादुर बिष्ट (बुवा) : 9744356546

जानकी बिष्ट (आमा) : 9848832831

परिवारले सामाजिक, धार्मिक, खेलकुद तथा दातृ निकाय, संघसंस्था र समाजका सबैमा अपिल गर्दै भनेका छन्, “हाम्रो छोराको जीवन बचाउन सहयोगका लागि सबैलाई अनुरोध गर्दछौं।” महत्वाकांक्षी खेलाडीको भविष्य अधुरो नहोस् भन्ने सोचका साथ स्थानीय समाजले पनि सहयोग अभियान सुरु गरेको छ।