अत्तरियामा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई सिट छुट्याउने व्यवस्थाको छड्के अनुगमन

Image
polcie
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा सार्वजनिक यातायात सवारी साधनमा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको सिटको अवस्था बारे छड्के अनुगमन गरिएको छ। यो अनुगमन नेपाल मानब अधिकार, यातायात कार्यालय कैलाली, नेपाल प्रहरी, ट्राफिक प्रहरी कार्यालय मालाखेती, ईप्रका मालाखेती टोलीसहित अन्य सरोकारवालाको समन्वयमा छड्के अनुगमन गरिएको हो ।

CP Hospital Dhangadhi

nawajiwan

अनुगमनको क्रममा अत्तरिया बसपार्कमा सञ्चालन भइरहेका विभिन्न गाडीहरूमा अपाङ्गता भएका यात्रुका लागि छुट्याइएको सिटको अवस्था जाँचिएको थियो। नियम अनुसार सिट छुट्याइएको नभएको गाडीमा तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

सवारी साधन सञ्चालनमा समान पहुँच सुनिश्चित गर्न र अपाङ्गता भएका व्यक्तिको सुविधा प्रदान गर्न गाडीमा सिट छुट्याउने व्यवस्थाको पालना अनिवार्य गरिएको छ। नियामक निकायहरूले आगामी दिनमा पनि नियमित अनुगमन र सचेतना अभियान जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

dig

अनुगमनमा सहभागी सरोकारवालाहरूले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अन्य असक्षम व्यक्तिहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएका छन्। साथै सार्वजनिक यातायात व्यवसायीहरूले नियमको पालना गर्दै यात्रुहरूको सहायतामा सक्रिय भूमिका निर्वाह गर्ने व्यवस्था गरिएको छ।

डिआईजी डम्मर बहादुर बिकले भने, “सार्वजनिक यातायात सबैका लागि पहुँचयोग्य हुनुपर्छ। अपाङ्गता भएका व्यक्तिलाई सिट नदिँदा उनीहरूको यात्रा कठिन हुन्छ। हामीले अनुगमनमार्फत सवारी सञ्चालकले नियम पालना गरिरहेको सुनिश्चित गर्ने प्रयास गरेका छौं।”

oplus_0
Attariya Hospital

यातायात कार्यालय कैलालीका प्रमुख भुवन जोशीले थपे, “सवारी साधन सञ्चालकले मात्रै होइन, यात्रुले पनि अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ। नियम अनुसार सिट छुट्याउने व्यवस्थाले उनीहरूको यात्रा सहज हुन्छ।”

राष्ट्रिय मानब अधिकार आयोगका सह–सचिव प्रकाश दत्त भट्टले भने, “सार्वजनिक यातायातमा समान अधिकारको सुनिश्चितता हाम्रो संवैधानिक दायित्व हो। अनुगमनले सञ्चालक र यात्रु दुवैलाई सचेत बनाउनेछ।”

oplus_0

ट्राफिक प्रहरी प्रमुख प्रेम बहादुर शाहीले अनुगमन र नियमनको महत्वमा जोड दिनुभयो। “अपाङ्गता भएका व्यक्तिको सहायतामा प्रत्यक्ष सहभागी हुनुपर्ने हाम्रो कर्तव्य हो। नियम पालना नगर्ने गाडी सञ्चालकको कानूनी कारबाहीको व्यवस्था गरिएको छ,” उहाँले भने।

oplus_0

अनुगमनमा सहभागी अत्तरिया ईप्रका प्रमुख रण बहादुर चन्द, सुप समावेशी विद्यालयका मान बहादुर साउद, अत्तरिया उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अन्य असक्षम व्यक्तिको सुरक्षा र सुविधा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिए।

oplus_0

सार्वजनिक यातायात व्यवसायी र यात्रुले पनि भनाई राख्दै भने, “सामाजिक उत्तरदायित्व निभाउनुपर्छ। अपाङ्गता भएका व्यक्तिलाई सिट छुट्याउने, सहायता गर्ने र सम्मानजनक व्यवहार सुनिश्चित गर्न सबैको योगदान जरुरी छ।”

यस्तो अनुगमनले कैलालीमा सार्वजनिक यातायातमा अपाङ्गता भएका यात्रुको अधिकार सुनिश्चित गर्ने प्रयासलाई बल दिएको छ। नियामक निकायहरूले आगामी दिनमा पनि नियमित अनुगमन र सचेतना अभियान जारी राख्ने प्रतिबद्धता जनाएका छन्।