
कञ्चनपुर: अखिल नेपाल महिला संघ, कृष्णपुरको आयोजनामा तथा नेकपा (एमाले) नगर कमिटी, कृष्णपुरको व्यवस्थापनमा महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीज विशेष दर खाने कार्यक्रम आईतवार भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम कृष्णपुरस्थित हरियाली सामुदायिक वनको प्राङ्गणमा भएको हो ।

कार्यक्रममा झण्डै ६०० जना महिला दिदीबहिनीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । प्रमुख अतिथि जिल्ला इन्चार्ज निरु देवी पालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघ, कृष्णपुरकी अध्यक्ष रिना ऐरले अध्यक्षता गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य कृपा राम राना, कञ्चनपुर जिल्ला अध्यक्ष लक्ष्मी बुढा, पूर्व राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष बचन बहादुर सिंह, अखिल नेपाल महिला संघ कञ्चनपुर जिल्ला अध्यक्ष चिनी गिरी, कञ्चनपुर सचिवालय सदस्य लोकराज पन्त, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य रमिता राना, जिल्ला कमिटी सदस्य नवराज बिष्ट, जिल्ला कमिटी सदस्य दिलसरा खत्री, राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत मल्ल, कृष्णपुर नगर कमिटीका उपाध्यक्ष सुरेश विक, सचिव नरेश कार्की, नगर उप-सचिव पदम राना, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य रोहित कुँवर, अखिल नेपाल संघ निवर्तमान नगर कमिटी अध्यक्ष तारा बोहरा, राष्ट्रिय युवा संघ नगर ईन्चार्ज सुभाव कुँवर, राष्ट्रिय युवा संघ कृष्णपुर नगर कमिटी अध्यक्ष ललित रावल, अनेरास्ववियु जिल्ला कमिटी युवा नेता देवजङ साउद, अनेरास्ववियु युवा नेता राजेन्द्र खड्का, अनेरास्ववियु कृष्णपुर नगर कमिटी अध्यक्ष करिश्मा महता लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रह्यो।


कार्यक्रममा उपस्थित वक्ताहरूले तीज पर्वलाई महिला अधिकार, सामाजिक ऐक्यबद्धता र सांस्कृतिक संरक्षणसँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा चर्चा गर्दै महिला सशक्तीकरणमा यस्ता सामूहिक गतिविधिहरूले थप योगदान पुर्याउने बताएका थिए।
अन्त्यमा कार्यक्रमलाई सफल र भव्य बनाउन सक्रिय सहभागिता जनाएका सम्पूर्ण दिदीबहिनीहरू, अतिथि व्यक्तित्वहरू तथा सहयोगी हातप्रति आयोजक पक्षले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
नेकपा (एमाले) कृष्णपुर नगर कमिटीले शुभ तीज २०८२ को अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई मंगलकामना व्यक्त गरेको छ।



















