गोदावरीमा आधुनिक फोहोरमैला व्यवस्थापन: स्रोतमै वर्गीकरण, कम्पोस्ट मलदेखि रिसाइकलसम्म

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि सोमबार विशेष छलफल सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

छलफलमा नगर प्रमुख बिरेन्द्र भट्ट, एशियाली विकास बैंक (ADB) का विज्ञ डा. ढुण्डीराज पाठक, शहरी विकास कार्यालयका आयोजना व्यवस्थापक शिखर लामा तामाङ, निर्माण कम्पनीका म्यानेजर ई. आशोक पाण्डे, ग्रीन सुदूरपश्चिमका सञ्चालक गोविन्द बहादुर रावल र फोहोरमैला व्यवस्थापन विज्ञ केशब राज पन्तलगायतको उपस्थिति थियो।

nawajiwan

छलफलमा स्रोतमै फोहोर वर्गीकरणलाई मुख्य रणनीतिका रूपमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले घर–घरमै कुहिने, नकुहिने र हानिकारक फोहोर छुट्याएर सङ्कलन गर्न सके केन्द्रको आयु दीर्घकालीन हुने र वातावरणीय प्रदूषण न्यूनीकरणमा योगदान पुग्ने निष्कर्ष निकाले।

Attariya Hospital

कुहिने फोहोरलाई कम्पोस्टिङमार्फत जैविक मल उत्पादन गर्ने, नकुहिने फोहोरलाई पुनःप्रयोग गर्ने र हानिकारक फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने विषय छलफलको केन्द्रमा रह्यो। यसरी स्रोतमै वर्गीकरण गरेर व्यवस्थापन गर्न सके अन्तिम निष्कासन केन्द्रमा पुग्ने फोहोरको मात्रा र दीर्घकालीन खर्च दुवै घट्ने जनाइएको छ।

नगर प्रमुख भट्टले गोदावरीलाई सफा, स्वस्थ र हरित नगरपालिका बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। उनले फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी नभई नागरिकको पनि दायित्व भएको उल्लेख गर्दै स्रोतमा नै वर्गीकरण गर्ने अभियानलाई सफल बनाउन सक्रिय सहभागिताको आग्रह गरे।

छलफलमा समुदाय सबलीकरण, जनचेतना अभिवृद्धि र आवश्यक परे दण्ड–जरिवाना प्रणाली लागू गर्ने विषयमा पनि चर्चा गरिएको थियो।

सहभागी विज्ञहरूले आधुनिक प्रविधि र स्थानीय तहबीचको समन्वयमार्फत फोहोर व्यवस्थापनलाई दिगो बनाउने सुझाव दिए। छलफलमा सहभागी टोलीले गोदावरीलाई उदाहरणीय नगर बनाउन एकीकृत फोहोर व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

Advertize US