कृष्णपुरको पवित्र बस्तीमा जनशक्ति महिला समूहले मनायो हरितालिका तीज विशेष कार्यक्रम

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ५ स्थित पवित्र आधारभूत विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम मंगलबार भव्यतापूर्वक सम्पन्न भएको छ। जनशक्ति महिला समूह पवित्रबस्तीको आयोजनामा कार्यक्रम गरिएको थियो।

CP Hospital Dhangadhi

कार्यक्रममा जनशक्ति महिला समूहकी अध्यक्ष गंगा देवी वि.क सभाअध्यक्ष, सु.प प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री हिरा सार्की प्रमुख अतिथि, कृष्णपुर नगरप्रमुख हेमराज ओझा विशिष्ट अतिथि, राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष वचन बहादुर सिंह विशिष्ट अतिथि रहेका थिए। त्यस्तै अतिथिमा कृष्णपुर–५ का वडा सदस्य शान्ती दमाई, समाजसेवी तथा नेकपा एमाले कृष्णपुर नगरकमिटी उपाध्यक्ष सुरेश विक, पवित्र आधारभूत विद्यालयका अध्यक्ष रघुनाथ विक, ग्रामीण विद्युत लिमिटेड का कोषाध्यक्ष मोहन विक, नेकपा एमाले कृष्णपुर नगर कमिटी सचिव नरेश कार्की, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य रोहित कुँबर, राष्ट्रिय युवा संघ नगर इन्चार्ज सुभाव कुँवर, राष्ट्रिय युवा संघ कृष्णपुर नगर कमिटी अध्यक्ष ललित रावल लगायत स्थानीय समाजसेवी महिलाहरुको उल्लासमय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सार्कीले तीज पर्व महिलाको मात्र नभई समाजको साझा पर्व भएको बताए। उनले तीजलाई महिला आत्मसम्मान, सामाजिक चेतना र समानताको पर्वका रूपमा व्याख्या गर्दै महिलाको सक्रियता र सहभागिताले समाजलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

nawajiwan

विशिष्ट अतिथी कृष्णपुर नगरप्रमुख हेमराज ओझाले भने, “तीज पर्वले समाजमा महिला दिदीबहिनीहरूको भूमिकालाई अझ प्रस्ट र सशक्त रूपमा उजागर गर्ने अवसर दिन्छ। यस्ता कार्यक्रमहरूले परम्परा, संस्कृति र सामाजिक एकतालाई मजबुत बनाउनुका साथै नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्छन्।

Attariya Hospital

विशिष्ट अतिथि वचन बहादुर सिंहले संस्कृति र परम्परा जोगाउनु भनेको पहिचान जोगाउनु भएको उल्लेख गर्दै तीज पर्वले परिवार र समाजलाई जोड्ने पुलको भूमिका निर्वाह गर्ने बताए। उनले महिला समूहको यो पहल प्रशंसनीय रहेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। पवित्र बस्तीका लागि आफुले गर्नसक्ने सहयोगका लागि सदैव तयार रहेको समेत सिंहले बताए।

त्यसैगरी कार्यक्रमकी सभापति गंगा देवी विकले महिला दिदीबहिनीहरूको संघर्ष र तीज पर्वबीचको गहिरो सम्बन्धबारे चर्चा गर्दै, तीजले महिलामा आत्मविश्वास, सामाजिक एकता र सशक्तिकरणको भावना जगाउने कुरा जोड दिइन्।

कार्यक्रममा स्थानीय दिदीबहिनीहरूले तीज गीतमा नाचगान प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालक खगेन्द्र ताम्राकार रहेका थिए। सयौं दिदीबहिनीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यालय परिसर उल्लासमय बनेको थियो। सहभागीहरूको भनाइमा, यस कार्यक्रमले सांस्कृतिक जगेर्नासँगै महिला एकता, सद्भाव र सशक्तीकरणलाई बल पुर्‍याएको छ। यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने सुझाव पनि व्यक्त गरियो।