कृष्णपुरको २ नं. वडा कार्यालयद्वारा ऋषि पञ्चमी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुरः कृष्णपुर नगरपालिका–२ वडा कार्यालयको आयोजनामा ऋषि पञ्चमी विशेष सांस्कृतिक तथा तीज विशेष कार्यक्रम बिहिवार वाणीस्थित खुल्ला मञ्चमा भव्यतापूर्वक सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रमको अध्यक्षता वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्री भारतीले गरेकी थिइन् भने स्वागत मन्तव्य लिला पन्तले प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा कृष्णपुरकी नगर उप–प्रमुख द्रोपती राना प्रमुख अतिथी रहनु भएको थियो। त्यसैगरी वडा अध्यक्ष अर्जुनसिंह साउद विशिष्ट अतिथि, वडा सदस्य राजेन्द्र बहादुर सिंह र डिक्रा बाढी अतिथिको रूपमा उपस्थित रहेका थिए।

सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय महिलाहरूले तीजका भाकाहरूमा प्रस्तुत नृत्य, भजन, गीतलगायतका प्रस्तुतीले वातावरण उत्साहपूर्ण बनेको थियो। ठूलो संख्यामा उपस्थित दर्शकहरूले मौलिक संस्कृति झल्किने प्रस्तुतिहरूको प्रशंसा गर्दै कार्यक्रमलाई सफल बनाउन योगदान दिएका थिए।

nawajiwan
Attariya Hospital

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उप–प्रमुख द्रोपती रानाले महिलाको आस्था, संस्कार र संस्कृतिको संरक्षणका लागि ऋषि पञ्चमीको विशेष महत्व रहेको बताउँदै, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले हाम्रो समाजलाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले अझ सुदृढ बनाउँछन्,” भनिन्।

त्यसैगरी विशिष्ट अतिथि वडा अध्यक्ष अर्जुन सिंह साउदले आफ्नो भनाइमा “समाजलाई एकताबद्ध बनाउने माध्यम सांस्कृतिक कार्यक्रम नै हो। यसले नयाँ पुस्तालाई हाम्रो मौलिक संस्कृतिप्रति जागरुक बनाउन मद्दत गर्छ। आगामी दिनमा पनि वडा कार्यालयले यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनेछ,” बताएका थिए।

अतिथिहरूले ऋषि पञ्चमीको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै महिलाको आस्था, संस्कार र संस्कृतिलाई जोगाइराख्न यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन आशा चौधरीले गरेकी थिइन्।

Advertize US