उद्घोषण क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएका चर्चित उद्घोषक के.पी. कलौनी सम्मानित

Image
Nisarga Hospital

कञ्चनपुर : उद्घोषण क्षेत्रमा दुई दशकभन्दा बढी समय देखि सक्रिय रहँदै आएका सुदूरपश्चिमका चर्चित उद्घोषक के.पी. कलौनीलाई कृष्णपुर–२ वाणीमा आयोजित गौरा पर्व विशेष सांस्कृतिक देउडा कार्यक्रममा सम्मान गरिएको छ। गौरा देवी मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रममा सभाध्यक्षता राजेन्द्र बहादुर सिहले गरेका थिए।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमुख अतिथी हेम राज ओझा, विशिष्ट अतिथी सुप प्रदेश सभा सदस्य गीता चौधरी, कृष्णपुर नगरपालिका की उप–नगर प्रमुख द्रोपती राना, कृष्णपुर–२ का अध्यक्ष अर्जुन सिह साउँद, कृष्णपुर–५ का वडा अध्यक्ष टेक पाण्डेय लगायतको आतिथ्य रहेको थियो।

Attariya Hospital

कार्यक्रमका बीचमा उद्घोषक कलौनीलाई कलामञ्च तथा सामाजिक क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप दोसल्ला, सम्मानपत्र र स्मृति चिह्न प्रदान गरिएको हो। निरन्तर २३ वर्षदेखि उद्घोषण क्षेत्रमा सक्रिय कलौनीले सुदूरपश्चिमका दर्जनौँ मेला–महोत्सव, धार्मिक, शैक्षिक तथा सामाजिक कार्यक्रमलाई आफ्नो कला र शैलीमार्फत् सजाएका छन्। समाजमा सांस्कृतिक चेतना जगाउने योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजक समितिले आगामी दिनमा पनि ऊर्जाशील रूपमा क्रियाशील रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

nawajiwan

स्थानीय बासिन्दा समेत रहेका कृष्णपुर–२ वाणीका कलौनीलाई सम्मान गर्ने कार्यक्रममा उद्घोषक के.पी कलौनीको उद्घोषण, गायक जे.आर. भट्ट, गायिका सुशिला बम ठकुरी, देउडिया धन सिह धामी र तीर्था खत्रीले बेजोड लाईभ देउडा प्रस्तुतीले गौरा पर्वमा उल्लासमय माहोल बनेको थियो थियो भने हजारौ दर्शकश्रोताहरुको सहभागीता रहेको आयोजकले जनाएको छ।

Advertize US