फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्न जिल्ला कारागार बझाङकाे आग्रह

Image
Nisarga Hospital

बझाङः बझाङ जिल्लामा रहेको जिल्ला कारागार बझाङ प्रशासनले ‘जेन–जी’ आन्दोलनका क्रममा कारागार ताेडफाेडगरि जेलबाट फरार भएका कैदीबन्दीलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । कारागार प्रशासन बझाङले सार्वजनिक अपीलमार्फत कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न आग्रह गर्दै कैदीबन्दीलाई तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको हो ।

CP Hospital Dhangadhi

कारागार प्रशासनले फरार अवस्थामा रहिरहँदा कानूनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै फरार कैदीबन्दीलाई सचेत र सजग रहन स्मरण गराएको छ ।

‘जिल्ला कारागार बझाङमा रहेका कैदि बन्दिहरूले कारागार ताेडफाेड गरि ’ भागेका थिए । त्यही क्रममा २० जना कैदीबन्दीहरू भने कारागार बाट ननिस्किएर कारागारमा नै बसेका थिए । ८५ जना कैदी बन्दी रहेकाे जिल्ला कारागार बझाङमा ६५ जना कारागारकाे गेट ताेडफाेड गरि भागेकाे जिल्ला कारागार बझाङका जेलर राजेन्द्र बहादुर फराडाले जानकारी दिए । फरार मध्ये प्रहरिले २३ जनालाई समात्न सफल भएको छ । ७ जना कैदिबन्दिहरू भने आफै सम्पर्कमा आएकाे जेलर बाेहराले बताउनु भयाे ।

nawajiwan
Attariya Hospital

अझै ४२ जना कैदिबन्दिहरू फरारकाे सुचिमा छन् । फरार कैदिबन्दिहरूलाई नियन्त्रण लिनका लागि जिल्ला प्रहरी कार्यालय बझाङले पनि सकृयता बढाएकाे जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लाेकेन्द्र सिहँ ठगुन्नाले बताउनु भयाे । जिल्ला प्रहरी कार्यालय बझाङले पनि सार्वजनिक सुचना जारि गर्दै फरार भएका कैदि बन्दिहरूलाई सम्पर्कमा आउन आग्रह गरिएकाे छ । फरार हुँदा स्वयं कैदि बन्दीलाई नै बढि समस्या हुने अथवा थप सजाय समेत हुनेहँदा स्वयं कैदिबन्दि सम्पर्कमा आएकाे खण्डमा केही सहुलियत हुने भन्दै सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला कारागार बझाङले अनुराेध गरेकाे हाे ।