कैलालीको गोदावरी नगरपालिकाको भवन: आगजनीबाट क्षति भए पनि संरचना सुरक्षित, मर्मत पछि प्रयोग गर्न सकिने

Image
Nisarga Hospital

अत्तरियाः भाद्र २४ गते देश व्यापी रुपमा फैलिएको जेनजी आन्दोलनका क्रममा आगजनीका कारण क्षतिग्रस्त कैलालीको गोदावरी नगरपालिकाको भवनमा आंशिक क्षति मात्र पुगेको प्राविधिक अध्ययनले देखाएको छ। नेपाल इन्जिनियर्स एसोसिएसनले गरेको Rapid Visual Damage Assessment (RVDA) अनुसार भवनको संरचनात्मक अखण्डता (Structural Integrity) सुरक्षित रहेको र आंशिक मर्मत–सम्भारपछि भवनलाई प्रयोगमा ल्याउन सकिने निष्कर्ष निकालिएको छ।

CP Hospital Dhangadhi

एसोसिएसनको टोलीले कङ्क्रिट टेस्ट ह्यामर (Concrete Test Hammer) प्रयोग गरेर भवनका पर्खाल र स्तम्भ (Columns) को लोड–बेअरिङ क्षमता परीक्षण गरेको थियो। अध्ययन अनुसार, भवनका दुई कोठामा मात्र छत र डण्डीमा (Beams and Slabs) आंशिक क्षति भएको छ। ती कोठा तत्काल प्रयोगयोग्य नभए पनि मर्मतपछि पुनः सञ्चालनमा ल्याउन सकिने जनाइएको छ।

nawajiwan

गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुवरका अनुसार, “भवनको सम्पूर्ण मूल्याङ्कन नेपाल इन्जिनियर्स एसोसिएसनको टोलीले गर्‍यो। प्रारम्भिक नतिजाले देखाउँछ कि संरचनात्मक भाग सुरक्षित छ। खानेपानी, बिजुली र स्यानिटेशन (Plumbing and Electrical Fittings) मा व्यापक क्षति भए पनि भवन सञ्चालन योग्य छ।”

त्यसैगरी, इन्जिनियर पवन रावलका अनुसार २ कोठाबाहेक अन्य भागहरूमा फिनिसिङ (Finishing Works) मात्र बिग्रिएको छ। “भवनको मुख्य फ्रेम (Structural Frame) बलियो छ, त्यसैले आवश्यक मर्मतपछि सहजै प्रयोग गर्न सकिन्छ,” उनले बताए।

Attariya Hospital

नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिमका उप सभापति इ. प्रकाश उप्रेतीका अनुसार, “तोङ्गफोड र आगजनीका कारण विद्युत (Electrical System) र सेनिटेशन सिस्टमलाई पूर्ण रूपमा नयाँ डिजाइनबाट पुनःस्थापना गर्नुपर्ने हुन्छ। छतमा आंशिक ड्यामेज भए पनि भवनको लोड–बेअरिङ क्षमता अझै सुरक्षित छ।”

प्राविधिकले प्रारम्भिक दृश्य परीक्षणपछि अब Detailed Damage Assessment गर्नुपर्ने जनाएका छन्। यस अन्तर्गत भवनका क्र्याक–प्याटर्न (Crack Pattern), कङ्क्रिटको कम्प्रेसिभ स्ट्रेन्थ (Compressive Strength) र स्टील बारको कन्डिसन (Rebar Condition) परीक्षण गरिनेछ।

नेपाल भूकम्पीय जोखिममा रहेको मुलुक भएकाले आगलागी वा तोडफोडले कमजोर पारेका संरचनामा स–साना भूकम्पीय झट्काले पनि थप क्षति पुर्‍याउन सक्ने प्राविधिक चेतावनी छ। तर, प्रारम्भिक अध्ययनले गोदावरी नगरपालिकाको भवन संरचनात्मक हिसाबले सुरक्षित (Structurally Safe) रहेको र आवश्यक मर्मतपछि प्रयोगमा ल्याउन सकिने देखाएको छ।

गोदावरी नगरपालिकालाई सेवा पुनःसञ्चालन गर्न सहज बनाउने र विस्तृत इन्जिनियरिङ मूल्याङ्कन रिपोर्ट पछि थप दिगो पुनर्निर्माणको योजना बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

Advertize US