स्वर्गीय भीमबहादुर शाहको सम्झनामा बाजुरेली सेवा समाजद्वारा भावपूर्ण श्रद्धाञ्जली

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा अवस्थित बाजुरेली सेवा समाज धनगढी कैलालीका संस्थापक अध्यक्ष स्वर्गीय भीमबहादुर शाहको सम्झनामा १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सोमबार उनकै निवासमा आयोजित उक्त कार्यक्रममा बाजुरेली सेवा समाज धनगढी कैलालीका पदाधिकारी, सल्लाहकार, साधारण सदस्य तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यो कार्यक्रमले स्वर्गीय शाहको योगदानलाई स्मरण गर्दै समाजमा एकता र प्रेरणाको सन्देश प्रवाह गरेको छ ।

CP Hospital Dhangadhi

कार्यक्रम समाजका वर्तमान अध्यक्ष भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । यस अवसरमा समाजका वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशी र कानुनी सल्लाहकार गंगाराम पाध्यायले स्वर्गीय शाहप्रति भावपूर्ण श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । अध्यक्ष केसीले संस्थापक अध्यक्ष स्वर्गीय शाहले समाजलाई स्पष्ट मार्गदर्शन प्रदान गरेको बताउँदै उहाँकै दिशानिर्देशमा समाजले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भने, ूस्वर्गीय शाहको अतुलनीय योगदानको सम्मान सधैं जीवित रहनेछ । उहाँले समाजलाई मजबुत आधारशिला दिनुभयो, जसले हामीलाई अघि बढ्न प्रेरित गर्छ ।

Attariya Hospital

स्वर्गीय भीमबहादुर शाहको यही भाद्र २६ गते आफ्नै निवासमा ७३ वर्षको उमेरमा निधन भएको थियो । उहाँ बाजुरा जिल्लाबाट धनगढीमा बसोबास गर्नेहरूको हितमा समर्पित एक निडर समाजसेवीका रूपमा चिनिनुहुन्थ्यो । बाजुरेली सेवा समाजको स्थापना गरी उहाँले स्थानीय समुदायको विकास, सामाजिक सेवा र कल्याणकारी कार्यहरूमा महत्वपूर्ण योगदान दिनुभएको थियो । समाजले मुख्य रूपमा बाजुरेली समुदायका सदस्यहरूको लागि सामुदायिक विकास, शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । स्वर्गीय शाहलाई समाजको अभिभावकका रूपमा सम्मान गरिन्थ्यो, र उहाँको निधनले समाजलाई अपूरणीय क्षति पुगेको छ ।

nawajiwan

स्वर्गीय शाह स्थानीय स्तरमा सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहनुभएको थियो । उहाँले बाजुरेली समुदायलाई एकीकृत गर्दै विभिन्न चुनौतीहरूको सामना गर्न सिकाउनुभयो । उहाँको नेतृत्वमा समाजले विद्युत् सेवा सुधार, सामुदायिक विकास परियोजना तथा अन्य सामाजिक कार्यहरूमा योगदान दिएको स्थानीयहरू बताउँछन् । विशेष गरी, धनगढीमा बसोबास गर्ने बाजुरेलीहरूको लागि उहाँले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सहयोग पुर्‍याउनुभएको थियो । उहाँको निधनपछि समाजका सदस्यहरूले उहाँको योगदानलाई स्मरण गर्दै थप क्रियाशील हुने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको सञ्चालन समाजका सचिव हर्कबहादुर ओलीले गर्नुभएको थियो । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रम समापन भएको थियो ।

Advertize US