छिमेक लघुवित्तद्वारा सञ्चालन गरिएको आधारभूत बंगुरपालन तालिम सम्पन्न

Image
Nisarga Hospital

बाके:छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय कोहलपुर (क) को आयोजनामा सञ्चालित तिनदिने आधारभूत बंगुरपालन तालिम शुक्रबार सम्पन्न भएको छ।बाकेमा कार्तिक १२ गतेदेखि सुरु भएको तालिम कार्तिक १४ गते औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो।

CP Hospital Dhangadhi

उक्त तालिममा छिमेक लघुवित्तका ३३ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षक अर्पना जोशीले प्रशिक्षणको सञ्चालन गर्दै बंगुरपालनका आधुनिक, वैज्ञानिक र व्यावसायिक पक्षबारे विस्तृत जानकारी दिएकी थिइन्।

nawajiwan

तालिमका क्रममा सहभागीहरूलाई बंगुरको जात छनोट, उचित खोर निर्माण र सरसफाइ, पोषणयुक्त दाना तयार गर्ने तरिका, रोग व्यवस्थापन, प्रजनन प्रविधि, बजार व्यवस्थापन, र आर्थिक लाभ मूल्याङ्कनबारे व्यावहारिक अभ्यास सहित प्रशिक्षण दिइएको थियो।

Attariya Hospital

कार्यक्रममा बोल्दै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय कोहलपुर (क) का प्रमुख संकल्प लामिछानेले लघुवित्त संस्थाले ग्रामीण महिलाहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको बताए।

उनले भने,
“बंगुरपालन ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्न सक्छ। यस तालिमले सहभागीहरूलाई व्यावसायिक रूपमा अघि बढ्न प्रेरणा दिएको छ।”

सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले तालिमपछि बंगुरपालनलाई व्यवस्थित रूपमा व्यवसायका रूपमा अघि बढाउने लक्ष्य लिएका छन्।

समापन कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गरिएको थियो। तालिमको माध्यमबाट स्थानीय स्तरमा रोजगारी सिर्जना, आत्मनिर्भरता र आर्थिक सबलीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

Advertize US