
बझाङ: बझाङ जिल्लाको सबै भन्दा बढी भुभाग ओगटेको साईपाल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको आगमन भएको छ । लामो समयपछी पहिलो पटक प्रमुख प्रशासकिय अधिकृत साईपाल गाउँपालिकामा पुग्नु भएको हो । लामो समय सम्म निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा संचालन हुदै आएको साईपाल गाउँपालिकामा पहिलो पटक प्रमुख प्रशासकिय अधिकृत पुग्दा कर्मचारी,स्थानीय तथा जनप्रतिनिधीहरुले खुसि ब्याक्त गरेका छन् । ७ बर्षको लामो अन्तरालपछी साईपाल गाउँपालिकामा सन्देश प्रसाद जोशि प्रमुख प्रशासकिय अधिकृत भएर आउनु भएको हो । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ घर भएका जोशि शुक्रबार गाउँपालिकामा पुग्नु भएको हो । उनलाई गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा स्थानीय बासिन्दाले भब्य रुपमा स्वागत समेत गरेका छन् ।

यो भन्दा पहिला वि.स.२०७५ सालमा पहिलो पटक प्रमुख प्रशासकिय अधिकृत भएर असोक नेपाली गाउँपालिकामा पुग्नु भएको थियो । सदरमुकाम चैनपुर बाट झण्डै ४।५ दिनको पैदल यात्रा गरेर गाउँपालिका सम्म पुग्नु पर्ने भएका कारण तत्कालीन प्रमुख प्रशासकिय अधिकृत नेपाली झण्डै ६ महिना मात्रै गाउँपालिकामा बस्नु भएको गाउँपालिकाका कर्मचारीको भनाई छ । त्यसपछी भने जनप्रतिनिधीहरुले सामान्य प्रशासन मन्त्रालयमा पटक पटक लिखीत तथा मौखीक रुपमा प्रमुख प्रशासकिय अधिकृतको माग गर्दै आएका भएपनी उक्त कुराको सुनुवाई नभएको साईपाल गाउँपालिकाका पुर्व गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामि र साईपाल गाउँपालिकाका हालका अध्यक्ष मान बहादुर बोहराको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृत नहुँदा आफुहरुले कानुनी रुपमा र अन्य विभिन्न रुपमा विभिन्न झमेला र समस्या झेल्दै आएको बताउदै, साईपाल गाउँपालिकाका अध्यक्ष मान बहादुर बोहराले भने,‘हामिहरुले पटक पटक प्रमुख प्रशासकिय अधिकृतको माग गर्दै आएको थियौ । यो कुराको सुनुवाई भएको थिएन । यस पटक भने मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतलाई पठाएको छ । जसका कारण पालिकाको काम कार्वाही तथा निति निर्माण देखी अन्य कार्यमा पनी सहज हुने आफुहरुलाई विश्वास लागेको बताए ।


हामिहरुले धेरै पटक प्रमुख प्रशासकिय अधिकृतको माग गर्दै मन्त्रालयमा हार गुहार गर्दै आएका थियौँ । धेरै जस्तो प्रमुख प्रशासकिय अधिकृतहरुले विकट र दुर्गम भएको भन्दै आउनलाई आनाकानी गर्दै आएका थिए । तर यो पटक भने बझाङ जिल्लामा नै घर भएका प्रमुख प्रशासकिय अधिकृत जोशि पालिकामा पुग्नु भएको छ । जोशिको घर बझाङ जिल्लामा नै भएका कारण उहाँ लामो समय सम्म गाउँपालिकामा नै बसेर सेवा प्रवाह गर्नु हुन्छ भन्ने विश्वास आफुहरुले लिएको बताए अध्यक्ष बोहराले बताए’ ।
साईपाल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत सन्देश प्रसाद जोशिले आफु शुक्रबार मात्रै गाउँपालिकामा हाजिर भएको बताउदै । उनले सके सम्म गाउँपालिका बाट नै सेवा प्रवाह गर्ने बताए । लामो समय देखी साईपाल गाउँपालिकामा विविध समस्याका कारण सदरमुकाम चैनपुर बाट नै सेवा प्रवाह हुदै आएको थियो । गाउँपालिकामा नेटवर्क तथा ईन्टरनेटको पहुँच नहुँदा तथा नेटवर्कले काम नगर्दा सदरमुकाम चैनपुर बाट नै सेवा प्रवाह गर्नु परेको गाउँपालिकाका कर्मचारीहरुको भनाई छ । नेटवर्कको तथा ईन्टरनेटको समस्या समाधानका लागी पालिकाले विभिन्न कार्यहरु गर्दै गएको र यदी ईन्टरनेट र नेटवर्कले काम गरे सम्म गाउँपालिका र वडाहरु बाट नै सेवा प्रवाह गरीने प्रमख प्रशासकिय अधिकृत जोशिले बताए ।
साथै उनले आफुले साईपाल गाउँपालिका बाट तत्कालै अन्य ठाउँ जाने मनसाय पनी नभएको बताए । हामीहरु राष्ट्रसेवक कर्मचारी भएको र सरकारले जहाँ खटाएपनी जानु पर्ने हुन्छ । खटाएको ठाउँमा जस्तो सुकै समस्या भएपनी ति समस्याहरुको समाधान गर्ने पनी हामीहरु नै भएका कारणले समस्या देखी डरायर भाग्ने भन्दा समस्याको समाधान गर्न लाग्नु पर्ने र आफु समस्याको समाधन गर्न लाग्ने बताए । केही विविध भुगोल, मौसम तथा प्राविधिक कारण बाहेक आफुले गाउँपालिका बाट नै सेवा विस्तार गर्ने लक्ष्य राखेको जोशिको भनाई छ ।
यस्तै केही समय देखी निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा संचालन हुदै आएको दुर्गाथली गाउँपालिकामा पनी प्रमुख प्रशासकिय अधिकृत पुग्नु भएको छ । प्रमुख प्रशासयिक अधिकृत लाल बहादुर विष्ट गाउँपालिकामा पुगेपछी यहाँका कर्मचारी र जनप्रतिनिधीहरुले विष्टको भब्य स्वागत गरेका थिए । यस्तै जिल्लाको छविसपाथिभेरा गाउँपालिकामा भने प्रमुख प्रशासकिय अधिकृत हाँजिर हुनु भएको छैन । हाल जिल्लामा रहेका १२ वटा स्थानीय तहहरु मध्ये साईपाल गाउँपालिका, जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका,थलारा गाउँपालिका ,दुर्गाथली गाउँपालिका र खप्तडछान्ना गाउँपालिकामा मात्रै प्रमुख प्रशासकिय अधिकृत रहेका छन् । अन्य ६ वटा पालिकामा भने अझै निमित्त प्रमुख प्रशासकिय अधिकृतकै भरमा गाउँपालिका संचालनमा रहेको छन् ।
































