जेन्जी आन्दोलनपछि कैलालीको गोदावरी नगरपालिकामा जनताको हातबाट पुनर्जीवित बन्दै, सहयोगी दातालाई नगरपालिकाको धन्यवाद

Image
Nisarga Hospital

अत्तरियाः भाद्र २४ गतेको जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ९ करोड ५३ लाखभन्दा बढीको क्षति बेहोरेको गोदावरी नगरपालिका अब पुनःजीवित बन्दैछ। आन्दोलनका क्रममा नगरपालिकाको भवन, फर्निचर, कम्प्युटर, कागजात र अन्य महत्वपूर्ण सामग्री जलेर नष्ट भएका थिए।

CP Hospital Dhangadhi

नगरपालिकाले क्षतिपछि सार्वजनिक रूपमा सहयोगका लागि अपिल गरेको थियो। सोही अपिललाई मनमा राख्दै स्थानीय बासिन्दा, संघ–संस्था र व्यवसायीहरूले उल्लेखनीय सहयोग गरेका छन्। हालसम्म पालिकाको खातामा नगद ५ लाख ९९ हजार ९३४ रुपैयाँ जम्मा भइसकेको छ भने कम्प्युटर, प्रिन्टर, दराज, कुर्सी, र्याक, पंखा र पेन्टजस्ता भौतिक सामग्रीसमेत सहयोगस्वरूप प्राप्त भएका छन्। यी सबै सहयोग जोड्दा करिब १५ लाख बढी रकम बराबरको सहयोग संकलन भएको नगरपालिका स्रोतले जनाएको छ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीका अनुसार, “तिहारसम्म सञ्चालनमा रहेको सहयोग कार्यक्रममार्फत स्थानीयवासीहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौं मूल्यका सामग्री र नगद सहयोग प्राप्त भयो। यसले पुनर्निर्माणमा ठुलो ऊर्जा थपेको छ।”

nawajiwan

तेसै गरी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सहयोगी दाताहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै जनताको साथ र सद्भावकै कारण नगरपालिका पुनःसञ्चालनमा ल्याउन सम्भव भएको बताए। उनले भने, “गोदावरी केवल कार्यालय होइन, यो जनताको संस्था हो। जनताको हातबाट पुनर्निर्माण हुनु नै हाम्रो साझा जित हो।”

Attariya Hospital

अब नगरपालिका पुनःसुचारु कार्यको तयारीमा जुटेको छ। स्थानीय सहयोग र एकताको भावनाले संकटपछि पनि गोदावरी नगरलाई पुनःस्थापनाको बाटोमा उभ्याएको छ, जसले स्थानीय एकताको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

गोदावरी नगरपालिकालाई हालसम्म सहयोगी दाताहरुको नामावली यस प्रकार रहेको छ ।