कोइकाको सहयोगमा कृष्णपुरमा आधुनिक पोलिटेक्निक इन्स्टिच्युट बन्दै, सुपका युवाका लागि ठूलो अवसर

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ठूलो सम्भावनासहितको प्राविधिक शिक्षालय सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले कृष्णपुर–७ वडा कार्यालय नजिकै आधुनिक संरचना, प्रगतिशील पाठ्यक्रम र उच्च प्राविधिक क्षमतासहितको इन्स्टिच्युट निर्माण गर्न लागेको हो।

CP Hospital Dhangadhi

सोमबार कोइका नेपालका देशीय निर्देशक मूहन कोङसहितको उच्चस्तरीय टोलीले साइट भिजिट गरेको थियो। भिजिटपछि निर्देशक कोङले साइट अत्यन्त उपयुक्त रहेको बताउँदै नेपाल सरकारसँग सहकार्यमा परियोजना अघि बढाउन पाउँदा खुसी लागेको टिप्पणी गरे। उनका अनुसार सन् २०२५ देखि निर्माण कार्य प्रारम्भ भई २०३० सम्म पूरा गरिनेछ।

nawajiwan

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले कोइका टोलीको सकारात्मक प्रतिक्रिया परियोजना कार्यान्वयनका लागि उर्जाशील संकेत भएको बताए। उनले यो परियोजनाले नगर मात्र होइन, सुदूरपश्चिमभरका युवालाई गुणस्तरीय प्राविधिक शिक्षा, तालिम र रोजगारीका अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

Attariya Hospital

१० मिलियन डलरको बजेट रहेको यो परियोजनाको सम्झौतामा गत भदौमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका नेपालका निर्देशक मूहन कोङले हस्ताक्षर गरेका थिए।

साइट भिजिटमा परियोजना उपनिर्देशक चोङ हे चो, सिटिइभिटीका कार्यकारी निर्देशक महेश भट्टराई, उप–मेयर द्रोपती रानालगायतको सहभागिता थियो।

उपयोगिता
– सुदूरपश्चिमका युवालाई गुणस्तरीय प्राविधिक शिक्षा।
– स्थानीय स्तरमै रोजगारी र तालिमका अवसर।
– सीपयुक्त जनशक्ति उत्पादन, प्रविधिक क्षेत्रमा आत्मनिर्भरता।
– प्रदेशको आर्थिक, प्राविधिक र सामाजिक विकासमा ठोस योगदान।