गोदावरी नगरपालिका २ को तेघरीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं २ को तेघरीमा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज एक औपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन ।

CP Hospital Dhangadhi

nawajiwan

गोदावरी नगरपालिका सँगै संघिय अनुदानबाट आएको आर्थिक सहयोग गोदावरी २ को तेघरीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण गरिएको थियो । शुक्रबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन ।

oplus_0

कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले यहाँका विकास निर्माणको बारेमा आफु जानकार रहेको बताए । पालिकाका प्रत्येक वडाको हरेक विकास निर्माणका गतिविधिहरुका बारेमा मलाई थाहा छ । गोदावरी नगरपालीकाले ल्याएको एक वडा एक चिकित्सक कार्यक्रम लाई सबै ठाउँमा सबै जनताका लागि स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्य सहित आज गोदावरीको तेघरी क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा केन्द्र गर्न पाउदा आफू खुसी रहेको बताएका छन ।

oplus_0

नगर प्रमुख भट्टले यस क्षेत्रका बासिन्दाले विगतमा मेडिकलबाट लिनुपर्ने सेवाहरू अब दक्ष स्वास्थ्यकर्मी सहित नयाँ स्वास्थ्य सेवा केन्द्रमै सहज रूपमा प्राप्त गर्न सकिने अपेक्षा व्यक्त गरे।

Attariya Hospital
oplus_0

उनले गोदावरी नगरपालिकाले गर्भवती महिलाहरूलाई प्रसूति गृहसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेको जानकारी दिँदै स्वास्थ्य सेवामा पहुँच वृद्धि नगरको प्राथमिकता भएको उल्लेख गरे।

oplus_0

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए अनुसार पालिकाभित्र मालाखेती अस्पताल, नागरिक आरोग्य केन्द्र, १८ आधारभूत स्वास्थ्य सेवा केन्द्र र ७ बर्थिङ सेन्टरमार्फत सेवाग्राहीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भइरहेको छ। उनले सबै नागरिकले सकारात्मक सोच र सहकार्य गर्दै अघि बढेमा नगरको समग्र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

oplus_0

“सबै नागरिकले सकारात्मक सोचसहित हातेमालो गर्दै अगाडि बढ्ने हो भने नगरको समग्र विकासमा थप टेवा पुग्नेछ,”

oplus_0

समारोहमा स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, २नं का वडाध्यक्ष यज्ञ बहादुर महरा, विभिन्न संघ संस्था प्रतिनिधि लगायत बासिन्दाहरुको उपस्थिति रहेको थियो।