नेपाली कथानक चलचित्र ‘चिराग’ आजबाट प्रदर्शनमा

Image
Nisarga Hospital

कञ्चनपुर: मङ्सिर २६ अर्थात् आजबाट हलहरू चिरागमय हुने दिन, ट्रान्स्जेन्डरको कथा बोकेको एउटा बहुप्रतिष्ठित नेपाली कथानक चलचित्र चिराग आजदेखी देशैभरिका हलहरुमा प्रदर्शनमा आउँदैछ।

CP Hospital Dhangadhi

ठूलो लगानी नव कलाकारहरूको लोभलाग्दो अभिनय त्यसमाथि तेस्रो लिङ्गीहरु प्रती समाजले हेर्ने दृष्टिकोण, जीवन संर्घष र भोग्नुपरेको कठिनाई फिल्मी चिरागमा प्रस्तुत गरिएको छ | चलचित्र चिराग कमेडी एक्सन ईमोसन सामाजिक सन्देश सहित उत्कृष्ट कथा बोकेकोले फिल्मले राम्रो आम्दानी गर्ने निर्माताहरूको दाबी छ । केही हप्ता अगाडि मात्रै रिलिज गरिएको उक्त फिल्मको ट्रेलरले पनि दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ।

Attariya Hospital

फिल्मको मुख्य भूमिकामा त्यागमूर्ति(दिपक भट्ट) देखिएका छन् भने उनका अलावा भर्सटाइल पुराना कलाकार सुशील पोखरेल भगवान भण्डारी र नव कलाकार नरेश भट्ट लगायतको अभिनय देख्न सकिन्छ। फिल्ममा कञ्चनपुरको लालझाडी देखतलीमा जन्मिएका दिपक भट्ट(त्याग मूर्ति)को लेखन तथा निर्देशन रहेको छ।

nawajiwan