डोटी एमालेबाट समानुपातिकतर्फ बोगटी र गहतराज सिफारिस

Image
Nisarga Hospital

डोटी: आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले) डोटीले समानुपातिकतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

CP Hospital Dhangadhi

आइतबार बसेको जिल्ला कमिटीका पदाधिकारी बैठकले सर्वसम्मत उम्मेदवारको नाम टुंगो लगाएर सिफारिस गरेको हो । सिफारिस हुनेमा एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य तथा सुदूरपश्चिम प्रदेश सभाका पुर्व अर्थ राज्यमन्त्री अर्चना गहतराज र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तेज बहादुर बोगटी रहेको एमाले डोटीका उपसचिव डम्बर सिंह डौडीले जानकारी दिए ।

Attariya Hospital

महिलाबाट गहतराज र खस आर्यबाट बोगटीलाई सिफारिस गरिएको उनलेे बताए । प्रत्यक्षतर्फका उम्मेदवारको पनि यही पुस २० गतेभित्र नाम सिफारिस गर्न एमाले केन्द्रको निर्देशन छ ।

nawajiwan