समिक्षा अधिकारी र संकल्प लामिछानेको ‘भित्तै बस्यो माकुरो’ बजारमा

Nisarga Hospital

लोकप्रिय गायिका समिक्षा अधिकारीको सुमधुर आवाज रहेको नयाँ ठट्यौली गीत ‘भित्तै बस्यो माकुरो’ सार्वजनिक भएको छ। गीत पहिलो पाइला मिडिया हाउसको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा आएको हो।

CP Hospital Dhangadhi

गीतमा समिक्षा अधिकारीसँगै सर्जक तथा लोकप्रिय गायक संकल्प लामिछानेको स्वर पनि सुन्न सकिन्छ। गीतको थेगो नारायण नेपाल र अर्जुन श्रेष्ठले तयार पारेका हुन् भने शब्द तथा संगीत स्वयं संकल्प लामिछानेकै रहेको छ।

गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन्। मिक्सिङ तथा फाइनल कुमार रानाले गरेका हुन् भने रेकर्डिस्ट सुमन राना रहेका छन्। ‘भित्तै बस्यो माकुरो’ मारुनी स्टुडियोमार्फत बजारमा ल्याइएको हो।

nawajiwan

गाउँले परिवेश र मायाका कुरालाई ठट्यौली शैलीमा प्रस्तुत गरिएको गीतको भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा सुरवीर पण्डित (दारी बा), पल्पसा डंगोल (चम्सुरी), संकल्प लामिछाने (तोरी) र अस्मिता राना मगरको अभिनय देख्न सकिन्छ।

Attariya Hospital

भिडियोको निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन राजेश घिमिरेको टिमले गरेको छ। श्रृंगार कविता टोलङ्गीले गरेकी छन्। भिडियोको सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका हुन्।

मिठा शब्दमार्फत गाउँले जीवनशैली, संस्कार र सम्बन्धलाई सम्झाउने प्रयास गरिएको यस गीतमा हास्य कलाकारहरूको प्रभावशाली उपस्थितिका कारण भिडियो कमेडी बेसमा तयार भएको छ। दर्शक तथा श्रोताबाट गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

भिडियो सहित: