गौरव गिरीको ‘सुण मायालु’ म्युजिक भिडियो सार्वजनिक

Image
Nisarga Hospital

कञ्चनपुर: नेपाली म्युजिक भिडियो क्षेत्रमा लामो समयदेखि कुशल निर्देशक, गायक र मोडलका रूपमा सक्रिय गौरव गिरीको शब्द, गायन, निर्देशन तथा अभिनय रहेको नयाँ गीत ‘सुण मायालु’ सार्वजनिक गरिएको छ।

CP Hospital Dhangadhi

‘नागेन्द्र श्रेष्ठ’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा प्रेमभावनालाई सुदूरपश्चिमी भाषिक शब्द र सांगीतिक स्वादसँग जोडिएको छ।

स्थानीयपन र मौलिक प्रस्तुतिका कारण गीतले दर्शक–श्रोतामा फरक अनुभूति दिने अपेक्षा गरिएको छ।
गीतमा नागेन्द्र श्रेष्ठको लय, केशव बडुको एरेञ्ज, श्याम स्वीट रसाइलीको मास्टर मिक्सिङ तथा कमल थापा मगरको रेकर्डिङ रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भिडियोतर्फ जयन्द्र कुवरको छायाङ्कन, गौरव गिरीकै निर्देशन, श्याम कुवरको कलर तथा अविनाश मानन्धरको ड्रोन अपरेटरको भूमिकामा योगदान रहेको छ। भिडियो ‘फाइनल पिक्चर’बाट निर्माण गरिएको हो।

स्वरतर्फ गौरव गिरी र चर्चित गायिका शान्तिश्री परियारको सशक्त युगल आवाज सुन्न सकिन्छ। साथै कोरस भोकलमा सुनिता बिक र रोहित देउबा (GR)को सहभागिता रहेको छ।

भिडियोमा मुख्य पात्रका रूपमा गौरव गिरी र दिपा शाहीको अभिनय देख्न सकिन्छ भने जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको आकर्षक अभिनयले भिडियोको सौन्दर्य अझ बढाएको छ।

विशेषगरी भिडियोमा सुदूरपश्चिमको भाषा, संस्कार र सामाजिक परिवेशलाई दृश्यात्मक रूपमा प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ। प्रेम, माया र स्थानीयपनलाई एकसाथ समेटिएको ‘सुण मायालु’ गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ। कलाकार गौरव गिरी को गाउँ देखतभुली, कञ्चनपुरमा म्युजिक भिडियोको छायांकन गरिएको हो। म्युजिक भिडियोमा अधिकांस स्थानीय कलाकारहरुको अभिनय रहेको छ।

Dhnagadhi & Krishanapur