प्रतिनिधि सभा सदस्य निर्वाचन : डोटीमा ९ दलका ९ जनाको मनोनयन दर्ता

Image
Nisarga Hospital

डोटी: आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधी सभा निर्वाचनका लागि डोटीमा विभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

CP Hospital Dhangadhi

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ६ गते मंगलबार ९ जना उम्मेदवारले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता गराउनेमा नेपाली काँग्रेसबाट भरत बहादुर खड्का, नेकपा एमालेबाट दीपक बहादुर धामी, नेपाली कम्युनिष्ट पार्टीबाट त्रिलोचन भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खडक बहादुर अग्रवाल, राष्ट्रिय जनमोर्चाबाट मणिराज भट्ट रहेका छन् ।

nawajiwan
Attariya Hospital

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र बहादुर खड्का, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बाट प्रकाश कठायत, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल (मल्ल) ले मनोनयन दर्ता गरेका हुन् ।
यससँगै डोटीमा चुनावी सरगर्मी बढेको छ ।