डोटीको बर्छैनमा च!ट्याङ लागेर एक बालक घा!इते, घर भ!त्कियो

Image
Nisarga Hospital

डोटीको बडिकेदार २ सडेखानमा घन्सराम लामिछाने मगरको घरमा चट्याङ पर्दा ७ वर्षका दिपेश पुन घाइते भएका छन् ।

CP Hospital Dhangadhi

करिब साढे ७ बजेतिर परेको चट्याङ लागेर उनको घर पनि भत्किएको स्थानीय बासिन्दा तथा शिक्षक धन बहादुर लामिछाने मगरले जानकारी दिए ।

Attariya Hospital

घाइते दिपेश घन्सरामको छोरी सम्झना लामिछाने र ज्वाइँ इन्द्रबहादुर पुनका छोरा हुन् । उनको घर बोगटान फुड्सिल गाउँपालिका १ सिमचौर रहेकोे र हाल मामा घरमा बसेर पढ्दै गरेको जनाइएको छ ।

nawajiwan

बोल्न नसक्ने अवस्थामा रहेका दिपेशलाई स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि लैजान लागिएको बताइएको छ ।