बझाङमा पाठेघर क्यान्सर विरुद्ध एचपीभी खोप अभियान सुरु, पहिलो दिन १४ सयभन्दा बढी किशोरीले खोप पाए

Image
Nisarga Hospital
CP Hospital Dhangadhi

बझाङमा फागुन ४ गतेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामको लागि एचपीभी खोप अभियान सुरु गरिएको छ। अभियानको पहिलो दिन जिल्ला भरी १४९७ किशोरीहरूले खोप लगाएका छन्। यसमा कक्षा ६ का १४८० छात्रा र विद्यालय नजाने उमेर समूहका १७ किशोरी रहेका छन्।

nawajiwan

जिल्ला स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार खोप प्राप्त गर्ने किशोरीहरूको वितरण यस प्रकार छ: साइपाल गाउँपालिका २८, बुगल नगरपालिका २८४, सुर्मा गाउँपालिका १००, तल्कोट ११६, मष्टा १०८, जयपृथ्वी नगरपालिका १८७, छबिसपाथीभेरा ६८, दुर्गाथली ८७, केदारस्यु गाउँपालिका १३५, बित्थडचिर १७२, थलारा १३५, र खप्तडछान्ना ७७।

Attariya Hospital

यसैबीच स्वास्थ्य कार्यालय बझाङले खोप अभियानको अनुगमन पनि गरेको छ। जिल्ला खोप समन्वय समिति प्रमुख नर बहादुर बोहराको नेतृत्वमा केदारस्यु र छबिसपाथीभेरा लगायतका खोप केन्द्रमा अनुगमन गरिएको थियो। अनुगमनमा स्वास्थ्य कार्यालयका भानुभक्त जोशी र जनस्वास्थ्य अधिकृत पारस खड्का उपस्थित थिए।

अनुगमन टोलीले विद्यालय पुगेर किशोरीहरूले खोप पाए नपाएको जानकारी सङ्कलन गरेको साथै खोपको महत्वबारे बुझाउँदै, छिमेकमा छुटेका किशोरीहरूलाई खोप अभियानमा ल्याउन आग्रह गरेको छ।

खोप अभियानका लागि १२ वटै स्थानीय तहका विद्यालयहरूमा खोप केन्द्र तोकिएको छ। लक्षित उमेर समूहका सबै किशोरीहरूले खोप पाउन सकून् भनी अभिभावक, विद्यालय र सरोकारवालालाई स्वास्थ्य कार्यालय बझाङका प्रमुख लाल बहादुर धामीले पूर्ण सहयोग गर्न आग्रह गरेका छन्।