फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन बझाङमा सुरक्षा व्यवस्था कडाइ

Image
Nisarga Hospital

बझाङः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन बझाङमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय र निर्वाचन संयन्त्रले तयारीलाई तीव्र बनाउँदै झन्डै तीन हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

आइतवार जिल्ला निर्वाचन कार्यालय बझाङले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

जिल्ला निर्वाचन कार्यालय बझाङका कार्यालय प्रमुख वसन्त बहादुर धानुकका अनुसार निर्वाचनका लागि एक हजार एक सय ३४ जना कर्मचारी खटन पटन भइसकेको छ भने उनीहरूलाई आवश्यक तालिम प्रदान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

मतदाता शिक्षालाई प्राथमिकतामा राख्दै फागुन ३ गतेदेखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरिएको छ। यो चुनावमा दोहोरो नाम भएका २८६ जना र मृत्यु भएका ९ सय ६० जनाको नाम हटाइएको उहाँले बताउनुभयो ।

जिल्लामा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका छन्। तीमध्ये ६२ हजार २ सय ८९ पुरुष र ६४ हजार ६ सय १४ महिला मतदाता रहेका छन्। निर्वाचनका लागि १८९ मतदान केन्द्र र १३७ मतदानस्थल तोकिएका छन्। तीमध्ये तीन मतदानस्थल सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा राखिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको र केही दिनभित्रै मतदान स्थलमा सामग्री ढुवानी र व्यवस्थापन गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र धमलाले २०७९ सालको निर्वाचनमा भएका कमजोरी नदोहोरिने गरी समन्वयात्मक सुरक्षा योजना सहित सुरक्षा व्यवस्था तर्फ यस पटक थप कडाइ गरिएको बताएका छन् ।

निर्वाचनका दिन ७११ जना नेपाल प्रहरी, ४०८ जना नेपाली सेना, १८४ जना सशस्त्र प्रहरी र १,५८० जना निर्वाचन प्रहरी गरी कुल २,८८३ जना सुरक्षाकर्मी परिचालन गरिने छ ।

Dhnagadhi & Krishanapur