बोगटान जीप दुर्घटना अपडेट : घाइते एक महिलाको ज्यान गयो !

Image
Nisarga Hospital

डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ मा आइतबार भएको जीप दुर्घटनामा ६६ वर्षीया जुना देवी साउँदको मृत्यु भएको छ। उनी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली पुर्‍याउँदा सवा ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए।

CP Hospital Dhangadhi

दुर्घटना बोगटान फुड्सिल–३ कानाचौरबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र.०३–००१ च ००१४ नम्बरको जीप धौलाबस्ती नजिकै ढुङ्गाझडे भन्ने स्थानमा जीप सडकबाट करिब डेढ सय मिटर तल खस्दा भएको थियो।

यस घटनामा मृतक सँगै सोही गाउँकी १७ वर्षीया सिता साउँद, १९ वर्षीया शारदा साउँद र २७ वर्षीय जीप चालक तिर्थ बोगटी घाइते भएका थिए। घाइतेहरूलाई धनगढी रिफर गरिएको छ।

nawajiwan
pk & Lotus

प्रहरीका अनुसार तीनै जनाको उपचार माया मेट्रो अस्पताल, धनगढी, कैलालीमा भइरहेको छ। दुर्घटना क्षेत्रमा स्थानीय प्रशासन र प्रहरीको टोलीले उद्धार तथा सुरक्षाका लागि काम गरिरहेको छ।

Dhnagadhi & Krishanapur