मैले जिते फास्ट ट्रयाक २ वर्षमा कम्प्लिट – काँग्रेस उम्मेदवार खड्का

Image
Nisarga Hospital

डोटी: डोटीबाट प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली काँग्रेसका उम्मेदबार भरत बहादुर खड्काले आफुले चुनाव जितेर काँग्रसको सरकारमा बनेमा खुटिया दिपायल फास्ट ट्रयाक २ वर्षमा कम्प्लिट हुने बाचा गरेका छन् ।
काँग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनले बुधबार दिपायलमा आयोजना गरेको निर्वाचन केन्द्रित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् ।
त्यस्तै विभिन्न दल र उम्मेदवारले विभिन्न निर्वाचनमा चुनावी एजेन्डा बनाउने गरेको पश्चिम सेती परियोजनाको एजेन्डा काङ्ग्रेस उम्मेदवार खड्काले पनि दोहोर्याएका छन् । उनले भने -“भनौं भने आफ्नो पनि पीडा छन् । हामीले तीसौं वर्षदेखि पहल गरेको तर पूरा हुन नसकेको सेती परियोजनामा पनि मेरो ध्यान जानेछ ।”
खप्तडलाई पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा विकास र प्रवद्र्धन गर्ने, सायली गाड पुल, टुणागाड पुल निर्माण समयमा सम्पन्न गर्ने र अन्य पुलको स्तरोन्नती गर्नेमा आफनो ध्यान जाने उनले बताएका छन् ।
खानेपानी, सिँचाईं, विद्यालय, सडक बाटाघाटा लगाएत सिलगढीमा अलपत्र रहेको खप्तड इन्जिनियरिङ्ग क्याम्पस सञ्चालनमा ल्याउने लगाएत भौतिक विकास गर्नेमा आफु लाग्ने उम्मेदवार खड्काले बताए ।
तत्कालिन जिल्ला सभापति हुँदै संविधान सभा सदस्य हुँदै सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत जिम्मेवारी सम्हाली सकेका उम्मेदवार खड्काले आफुले गरेका काम र प्रयासहरुबारे फेहरिस्त सुनाएका थिए ।
प्रेस युनियन डोटीका अध्यक्ष चक्र कुँवरको अध्यक्षतामा दिपायलस्थित रिभर साइड होटलमा आयोजित पत्रकार भेटघाटमा सहभागि पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाको उनले जवाफ समेत दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका डोटी सभापती नरेन्द्र बहादुर सिंह लगाएत विभिन्न नेताहरुको पनि सहभागिता रहेको थियो ।

CP Hospital Dhangadhi
Attariya Hospital