जिल्ला अस्पताल बझाङका नवनियुक्त अस्पताल व्यवस्थापन समिति अध्यक्ष खड्काले पदभार ग्रहण गरे

Image
Nisarga Hospital

जिल्ला अस्पताल बझाङका नवनियुक्त अस्पताल व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बहादुर खड्काले ‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलो प्राथमिकता’ रहेको बताएका छन्। बझाङको जिल्ला अस्पताल सिमखेतले एक वर्षपछि नेतृत्व पाएको छ। नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर खड्काले सोमबार आज पदभार ग्रहण गरेका छन् । लामो समय सम्म अध्यक्षविहीन रहेको अस्पतालमा नयाँ नेतृत्व आएसँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार र संस्थागत सुशासनतर्फ अपेक्षा बढेको छ।

CP Hospital Dhangadhi

आज अस्पतालमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा आजको प्रमुख आवश्यकता रहेको बताएका हुन् । बदलिँदो परिस्थितिमा स्वास्थ्य सेवा जटिल बन्दै गएको अवस्थामा उहाँले स्वास्थ्य सेवाका क्षेत्रमा सबैले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आफू अध्यक्षको पदमा रहेसम्म अस्पतालमा गुणस्तरीय सेवा प्रवाह,प्रशासनिक र नीतिगत सुधारमा कुनै कमी हुन नदिने बताएका हुन्।

आफू फरक क्षेत्रको व्यक्ति भए पनि सबैको सुझाव,सल्लाह ग्रहण गर्दै अस्पतालका समस्या उठान र समाधानको निमित्त संघ तथा प्रदेश सरकारसँग हारगुहार गरेर भए पनि समाधान गरिने प्रतिबद्धता समेत व्यक्त गरका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

स्वागत कार्यक्रममा बोल्दै जिल्ला अस्पताल बझाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सन्दीप ओखेडाले अस्पतालको सेवा विस्तारलाई थप गुणस्तरीय,प्रभावकारी र चुस्तदुरुस्त बनाउन अध्यक्षले ठुलो भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । उपकरण भएपनि जनशक्ति नभएकोले यसमा समेत ध्यान दिनुपर्ने र अस्पतालमा थुप्रै समस्या रहेकोले उहाँले अध्यक्ष समक्ष ती समस्या समाधानको लागी आग्रह समेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बझाङमा खडकालाई अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा जिम्मेवारी दिएको थियो। जयपृथ्वी नगरपालिका–३ का स्थायी बासिन्दा खड्काले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा पाठ्यक्रम र मूल्याङ्कन विषयमा एमएड उत्तीर्ण गरेका छन् । विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका उनी अनेरास्ववियुको विभिन्न तहमा सक्रिय रहँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । अध्यक्ष खड्काले आजै अस्पतालको अनुगमन पनि गरेका छन् ।

Dhnagadhi & Krishanapur