
डोटी: जोरायल गाउँपालिका वडा नं. ४ को संक्षिप्त चिनारीका रुपमा म्युजिकल डकुमेन्ट्री “जोरायलको झल्को” डेउडा गीत मंगलबार सार्वजनिक भएको छ ।

जोरायल गाउँपालिका वडा नं. ४ को सहयोगमा नजर मिडिया प्रा.लि.डोटीको प्रस्तुतीमा नयाँ वर्ष २०८३ को अवसर पारेर तेस्रो जोरायल महोत्सव कार्यक्रमका बिच जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले कभर ब्यानर अनावरण सङ्गै गीत बजाएर विमोचन गरी सार्वजनिक गरिएको हो ।
विमोचन पश्चात् प्रतिक्रिया दिदै अध्यक्ष ओझाले `जोरायलको झल्को´ बोलको गीत भावानाले जन्मभुमि प्रतिको मायाले ओतप्रोत गर्ने खालको र जोरायलको परिचय गराउन सदाबहार खालको रहेको बताए ।


म्युजिकल डकुमेन्ट्री झलक पाली अफिसियल युट्युबमार्फत उक्त गीत बजारमा ल्याइएको हो ।
जोरायल गाउँपालिका वडा नं. ४ को स्थान परिचय, कला सँस्कृति, ऐतिहासिक, धार्मिक, कृषि तथा पर्यटन प्रवर्धन, विकासमा टेवा पुर्याउने उद्धेश्यले म्युजिकल डकुमेन्ट्री तयार पारिएको हो ।
झलक पालीको शब्द, लय तथा स्वर रहेको उक्त गीतमा गायीका गौरी भट्टले स्वरमा साथ दिएकी छन् ।
बिनोद बाजुरालीको एरेञ्जमा सागर बाजुरालीले रेकर्ड गरेको उक्त गीत खडक बाजुरालीले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका हुन् ।
मालश्री रेकर्डिङ्ग स्टुडियो काठमाण्डौमा तयार पारिएको गीतको छायाङ्कन जोरायल गाउँपालिका वडा नं. ४ का विभिन्न स्थानमा गरिएको थियो । जसमा डेउडा खेलको छायाङ्कन डोटी र डडेल्धुराको सिमानामा पर्ने तेले लेकस्थित घण्टेश्वर मन्दिर परिसरमा गरिएको हो ।
भिम थापाको निर्देशनमा अमृत उपाध्यायले छायाङ्कन गरेको म्युजिकल डकुमेन्ट्रीमा सौगात ओझा र अनु खड्काको अभिनय रहेको छ । मेकअप करिश्मा साउँदले गरेकी छन् भने भिडियो सम्पादन, कलरिङ्ग तथा मिक्सिङ प्रविण रेश्मी मगरले गरेका हुन् । खप्तड फिल्मस् को पोष्ट प्रोडक्सनमा नजर मिडिया प्रा.लि.ले व्यवस्थापन गरेको हो ।




























