भारतबाट चोरी गरी नेपाल ल्याइएको हिरा र सुनसहित बहुमूल्य सामान कञ्चनपुरबाट बरामद

Image
Nisarga Hospital

कञ्चनपुर : भारतको राजधानी नयाँ दिल्ली बाट चोरी गरी नेपाल ल्याइएको हिरा तथा सुन, विदेशी डलर, करोडौं पर्न रोल्याक्स घडी सहितका बहुमूल्य सामान प्रहरीले बरामद गरेको छ। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ स्थित महाकालिका मन्दिर बंक/बनहरा नजिकैको एक घरबाट उक्त सामग्री आज बरामद गरिएको हो।

CP Hospital Dhangadhi

ईन्टरपोलमार्फत भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशन मार्फत चोरीको सामान घरबाटै बरामद गर्न सफल भएको हो। स्थानीय जनप्रतिनिधि, भारतिय प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारी, ईलाका प्रहरी कार्यालय गुलरिया अस्थायी प्रहरी पोष्ट वाणीको संयुक्त टोलीको स्थलगत उपस्थितिमा समान बरामद गरिएको छ।

घटनामा संलग्न भएको आरोपमा भारतमा ३ जना र नेपालको बाजुराबाट १ व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। अन्तर्राष्ट्रिय अपराधिक प्रहरी संगठन(ईन्टरपोल) द्वारा ईन्डियन र नेपाल प्रहरी मिलेर घटनाबारे थप अनुसन्धान भईरहेको छ।

nawajiwan
Attariya Hospital

प्रहरीले चोरीमा संलग्न गिरोहको सञ्जालबारे समेत अनुसन्धान अगाडि बढाएको जनाएको छ। बरामद गरिएको हिरा तथा सुनको परिमाण र मूल्याङ्कन प्रक्रिया भने जारी रहेको छ।

यस घटनाले अन्तरदेशीय अपराध नियन्त्रणमा नेपाल र भारतबीचको समन्वयलाई थप सुदृढ बनाएको देखिएको छ। घटनाबारे विस्तृत विवरण आउन भने बाकी रहेको छ।

Advertize US