म्युजिकल डकुमेन्ट्री “संस्कृति डेउडा गीत राम्रो” सार्वजनिक

Image
Nisarga Hospital

डोटीः जोरायल गाउँपालिका वडा नं. २ को संक्षिप्त चिनारीका रुपमा म्युजिकल डकुमेन्ट्री “संस्कृति डेउडा गीत राम्रो” डेउडा गीत सोमबार सार्वजनिक भएको छ । जोरायल गाउँपालिका वडा नं. २ को सहयोगमा देउडा संस्कृति संरक्षण प्रतिष्ठान डोटी शाखाको प्रस्तुतीमा एक कार्यक्रमका बिच जोरायल गाउँपालिका २ डोटीका वडा अध्यक्ष एवं प्रमुख अतिथि बिर बहादुर दर्लामीले गीतको भिडियो प्ले गरेर विमोचन गरी सार्वजनिक गरिएको हो । विमोचन पश्चात् प्रतिक्रिया दिदै वडा अध्यक्ष दर्लामीले थोरै लगानीमा भए पनि तयार पारिएको म्युजिकल डकुमेन्ट्रीले पर्यटन प्रवर्द्धन, स्थान परिचय र कला संस्कृतिका क्षेत्रमा राम्रो योगदान गर्ने विश्वास व्यक्त गरे ।

CP Hospital Dhangadhi

यो एउटा पहिलो प्रयास भएको भन्दै आगामी दिनमा पनि यस्तो खालका कार्यक्रम गर्न र आफ्नो तर्फबाट सहयोग पनि रहने उनलेे प्रतिवद्धता समेत व्यक्त गरे ।

म्युजिकल डकुमेन्ट्री झलक पाली अफिसियल युट्युबमार्फत उक्त गीत बजारमा ल्याइएको हो । जोरायल गाउँपालिका वडा नं. २ को स्थान परिचय, कला सँस्कृति, ऐतिहासिक, धार्मिक, कृषि तथा पर्यटन प्रवर्धन, विकासमा टेवा पुर्याउने उद्धेश्यले म्युजिकल डकुमेन्ट्री तयार पारिएको देउडा संस्कृति संरक्षण प्रतिष्ठान डोटी शाखा अध्यक्ष रोहित कुमार बोहराले बताए । झलक पालीको शब्द, लय तथा स्वर रहेको उक्त गीतमा गायीका गौरी भट्टले स्वरमा साथ दिएकी छन् । बिनोद बाजुरालीको एरेञ्जमा सागर बाजुरालीले रेकर्ड गरेको उक्त गीत खडक बाजुरालीले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका हुन् ।मालश्री रेकर्डिङ्ग स्टुडियो काठमाण्डौमा तयार पारिएको गीतको छायाङ्कन जोरायल गाउँपालिका वडा नं. २ का विभिन्न स्थानमा गरिएको थियो ।

nawajiwan
Attariya Hospital

भिम थापाको निर्देशनमा अमृत उपाध्यायले छायाङ्कन गरेको म्युजिकल डकुमेन्ट्रीमा झलक पाली, सौगात ओझा, रोहित कुमार बोहरा, शान्ति महत, कल्पना ओली र मैना बोहराको अभिनय रहेको छ । मेकअप करिश्मा साउँदले गरेकी छन् भने भिडियो सम्पादन, कलरिङ्ग तथा मिक्सिङ प्रविण रेश्मी मगरले गरेका हुन् । खप्तड फिल्मस् को पोष्ट प्रोडक्सनमा भिडियो तयार गरिएको हो ।