कृष्णपुरमा ६ करोडका योजना कटौती, कार्यान्वयनका लागि सांसद बोहरालाई सिफारिस

Image
Nisarga Hospital

कञ्चनपुर: शहरी विकास मन्त्रालय अन्तर्गत संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका, कृष्णपुर नगरपालिका मा करिब ६ करोड रुपैयाँ बराबरका शहरी पूर्वाधार योजना कटौती भएका छन्।

CP Hospital Dhangadhi

nawajiwan

चालु आर्थिक वर्ष २०८२/०८३ मा कृष्णपुर क्षेत्रमा ३ करोड र वाणीस्थित मुक्त कमैया बस्तीका लागि थप ३ करोड बजेट विनियोजन भए पनि आन्दोलनका कारण कटौती हुँदा योजना प्रभावित भएको हो।

Attariya Hospital

यसैबीच कृष्णपुर नगरपालिका वडा नं. २ कार्यालय ले कञ्चनपुर–२ का सांसद दीपक बोहरा लाई योजना कार्यान्वयनका लागि पहल गरिदिन सिफारिस गरेको छ। वडाध्यक्ष अर्जुन सिंह साउदका अनुसार नाप–नक्साङ्कन कार्य सम्पन्न भए पनि बजेट कटौतीले काम अलपत्र परेको छ।

स्थानीय र संघीय निकायबीच समन्वय अभावका कारण योजना कार्यान्वयनमा अन्योल देखिएको भन्दै सरोकारवालाले शीघ्र समाधानको माग गरेका छन्।