
कञ्चनपुर: कृष्णपुर नगरपालिकाले एक्स–रे सहितको निःशुल्क क्षयरोग (TB) स्क्रिनिङ शिविर सञ्चालन गरिरहेको छ। स्वास्थ्य निर्देशनालय राजपुर, डोटीको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त शिविरमा एआई (AI) जडित डिजिटल एक्स–रे प्रविधिमार्फत क्षयरोगको खोजपड्ताल भईरहेको छ।


नगर कार्यपालिकाको कार्यालय, गुलरिया कञ्चनपुरद्वारा जारी सूचनाअनुसार क्षयरोगका लक्षण तथा चिन्ह देखिएका व्यक्तिहरूलाई लक्षित गरी विभिन्न स्थानमा शिविर सञ्चालन गरिनेछ। शिविर बिहान ९ बजेदेखि सुरु हुनेछ।
तपसिलअनुसार शिविर सञ्चालन हुने मिति र स्थान यसप्रकार छन्:

वैशाख १६ गते: आधारभूत स्वास्थ्य सेवा केन्द्र, मौरिफाँटा (वडा नं. ६)


वैशाख १७ गते: आधारभूत स्वास्थ्य सेवा केन्द्र, साहारानगर (वडा नं. ४)

वैशाख १८ गते: ग्वालाबारी सामुदायिक वन, वाणी (वडा नं. २)

नगरपालिकाले सम्बन्धित वडा कार्यालय तथा सरोकारवालाहरूलाई आवश्यक प्रचारप्रसार गरी लक्षित व्यक्तिहरूलाई शिविरमा सहभागी गराउन अनुरोध गरेको छ। नगरपालिकाले शिविरबाट क्षयरोगको समयमै पहिचान र नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।































