ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुलद्वारा अन्तर–विद्यालय यू–१५ फुटसल प्रतियोगिता सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुरः कृष्णपुर नगरपालिका–२ बंकस्थित ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुल (GGWS) ले आयोजना गरेको “ज्ञानोदय अन्तर–विद्यालय यू–१५ फुटसल टुर्नामेन्ट” सफलतापूर्वक सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

विद्यालयका अनुसार प्रतियोगिताले विद्यार्थीहरूबीच खेल भावना अभिवृद्धि, टोली समन्वय विकास तथा युवा खेल प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगितामा विभिन्न विद्यालय तथा क्लबका टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

nawajiwan

कडा प्रतिस्पर्धाका बीच सम्पन्न प्रतियोगितामा GGWS ‘B’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। त्यसैगरी, बनारा एफसी उपविजेता तथा JMC Group तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
नतिजा: 🏅 विजेता : GGWS ‘B’
🥈 उपविजेता : बनारा एफसी
🥉 तेस्रो : JMC Group

Attariya Hospital

विद्यालय प्रशासनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई खेलकुदमार्फत प्रोत्साहन गर्नुका साथै उनीहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नु रहेको छ।

विद्यालयका प्रधानाध्यापक मनोज कुमार भट्टले आगामी दिनहरूमा यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिइने जानकारी दिएका छन्।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी टोली, अभिभावक, शिक्षक तथा खेलप्रेमीहरूलाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ।