
हालका दिनहरूमा एआइ को प्रयोग गरेर गलत, भ्रामक तथा अश्लील सामग्रीहरू सामाजिक सञ्जालमा फैलाउने घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। यसले व्यक्तिको चरित्रमा आँच पुर्याउनुका साथै समाजमा गलत सन्देश र अफवाह फैलाउने काम भएको छ!

विशेषगरी, पछिल्लो समय विभिन्न राजनीतिक व्यक्तिहरूका तस्बिरहरूलाई गलत तरिकाले सम्पादन गरी सार्वजनिक गरिने घटनाले गम्भीर रूप लिएको छ। यस्ता गतिविधिले व्यक्तिगत प्रतिष्ठामा क्षति पुर्याउनुका साथै सामाजिक सद्भावमा पनि नकारात्मक असर पार्ने देखिएको छ।
यसै सन्दर्भमा सरकारले यस्ता गलत कार्यहरू नियन्त्रण गर्न कडा कदम चाल्ने संकेत दिएको छ। सम्बन्धित निकायहरूले एआइको दुरुपयोग गरी बनाइएका भ्रामक सामग्रीहरू विरुद्ध कडा कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।


सरकारले नागरिकहरूलाई सचेत रहन, कसैको चरित्रमा आँच आउने सामग्री नफैलाउन र सामाजिक सञ्जाललाई जिम्मेवार तरिकाले प्रयोग गर्न आग्रह गरेको छ।
कसैको चरित्रमा आँच आउने तथा अश्लीलता फैलाउने पोस्टहरू सार्वजनिक नगरौँ, सत्य र जिम्मेवारीपूर्ण सूचना मात्र साझा गरौँ,” सरकारको अपिल छ।






























