कञ्चनपुरको कृष्णपुरमा ‘नागरिक संग मेयर’ कार्यक्रमको चौथो संस्करण सुरु

Image
Nisarga Hospital

अत्तरियाः कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत नसर्ने रोग पहिचान तथा उपचार अभियानको चौथो संस्करण (२०८२/०८३) औपचारिक रूपमा सुरु गरेको छ। यसअघि तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका थिए।

CP Hospital Dhangadhi

नगर प्रमुख हेमराज ओझा, उप–प्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र प्रसाद भट्ट, स्वास्थ्य शाखा लगायतको उपस्थितिमा अभियान उद्घाटन गरिएको हो। स्वास्थ्य शाखाका अनुसार यसअघि करिब ६० हजार नागरिक लाभान्वित भएका थिए भने यस वर्ष कोही नछुट्ने गरी सबै जनतालाई समेट्ने लक्ष्य राखिएको छ।

nawajiwan

उनले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै घर–घरमै स्वास्थ्यकर्मी पठाएर निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको बताए । उनले यस वर्ष पनि प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित स्वास्थ्य अभियान शुभारम्भ बताए । नगर प्रमुख ओझाले गरिविको रेखामुनि रहेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच कम हुने, आर्थिक अभाव तथा जनचेतनाको कमीका कारण स्वास्थ्य समस्या झन् जटिल बन्ने गरेको उल्लेख गर्दै यसलाई ध्यानमा राखी स्थानीय सरकारको पहलमा ‘नागरिक संग मेयर’ कार्यक्रम सञ्चालन गरिएको बताए ।

अभियानअन्तर्गत मधुमेह, उच्च रक्तचाप, मृगौला रोगजस्ता नसर्ने दीर्घरोगहरूको पहिचान गरी समयमै उपचार प्रदान गरिनेछ। नागरिकहरूको रक्तचाप, सुगर परीक्षण, मृगौला जाँच, शरीर तौल तथा उचाइका आधारमा BMI मापन गरिनेछ। नगरपालिकाले १६ हजार घरधुरीमा घरदैलो सेवा सञ्चालन गर्दै ३५ दिनभित्र सम्पूर्ण स्क्रिनिङ सम्पन्न गर्ने योजना बनाएको छ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले नागरिकको स्वास्थ्य, शिक्षा, सरसफाइ र रोजगारी जस्ता आधारभूत क्षेत्रमा नगरपालिका निरन्तर काम गर्दै आएको बताए। उनका अनुसार जनताको समस्या बुझ्न स्थानीय सरकार गाउँ–गाउँ पुग्नुपर्ने आवश्यकता रहेको छ। उनले स्वास्थ्य सेवामा सुधार गर्दै सबै नागरिकलाई सहज पहुँच दिलाउनु नगरपालिकाको प्रमुख लक्ष्य रहेको उल्लेख गरे। साथै, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र असहाय समूहलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको जानकारी दिए।

oplus_0

नगरपालिकाले स्वास्थ्य सेवा सबै नागरिक सम्म सहज र गुणस्तरीय रूपमा पु¥याउने लक्ष्य राखिएको बताए । उनले कृष्णपुर स्वास्थ्य चौकी मार्फत ल्याब टेस्ट, निःशुल्क औषधि वितरण, तथा नियमित स्वास्थ्य परीक्षण सेवा प्रदान गरिँदै आएको बताए । साथै, गम्भीर बिरामीहरूलाई सुविधायुक्त अस्पतालमा निःशुल्क एम्बुलेन्स मार्फद रिफर गर्ने व्यवस्था गरिएको बताए ।

Attariya Hospital

उप–प्रमुख द्रोपती रानाले महिला, सुत्केरी आमा तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताइन्। उनले महिला स्वास्थ्य स्वयंसेविकालाई थप सक्रिय बनाउँदै घरदैलोमै सेवा पुर्‍याउने योजना अघि बढाइएको जानकारी दिइन्। साथै, महिला सशक्तीकरण र बालबालिकाको शिक्षामा पनि नगरपालिका सक्रिय रहेको उल्लेख गरिन्।

स्वास्थ्य विज्ञहरूका अनुसार नगर क्षेत्रमा मुटुरोग, क्यान्सर, मधुमेह र अन्य नसर्ने रोगहरूको जोखिम उल्लेख्य रूपमा बढ्दै गएको छ। करिब ७४ प्रतिशत स्वास्थ्य समस्याहरू जीवनशैलीसँग सम्बन्धित रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ। धुम्रपान, मदिरा सेवन, असन्तुलित खानपान र शारीरिक व्यायामको कमी प्रमुख कारणका रूपमा देखिएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै नगरपालिका स्तरमा रोकथाममुखी अभियानलाई प्राथमिकता दिइएको हो।

नगरपालिकाले स्वास्थ्य अभियानलाई दीर्घकालीन योजनासँग जोड्दै समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। यसले नागरिकलाई नियमित स्वास्थ्य जाँचतर्फ आकर्षित गर्ने मात्र नभई रोगको प्रारम्भिक पहिचानमार्फत उपचार खर्च घटाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय तहको सक्रियता र नेतृत्वमा सञ्चालन भइरहेको यो अभियानलाई प्रभावकारी स्वास्थ्य शासनको उदाहरणका रूपमा समेत लिइएको छ।

नगरपालिकाले आगामी वर्षहरूमा पनि अभियानलाई अझ विस्तार गर्दै सबै वडामा नियमित स्क्रिनिङ, स्वास्थ्य शिविर र जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। स्थानीय बासिन्दाले अभियानलाई सकारात्मक रूपमा लिएका छन् र यसले गाउँ–गाउँमा स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गरिएको छ। निरन्तर सुधार र जनसहभागितामार्फत कृष्णपुरलाई स्वस्थ नगर बनाउने लक्ष्य लिइएको छ।

oplus_0

यस अभियानलाई स्थानीय सरकारको जनमुखी स्वास्थ्य नीतिको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ, जसले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा स्वास्थ्य पहुँच मजबुत बनाउने अपेक्षा गरिएको छ भएको छ।

नगरको स्वास्थ्य संस्थाहरुबाट २४–घण्टा आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स, प्रयोगशाला, रगत सेवा, तथा विभिन्न विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । संघीय सरकारको निर्देशन अनुसार सञ्चालन गरिएको यस अभियानले नागरिकहरूको स्वास्थ्य जाँच तथा दीर्घकालीन रोगको रोकथाममा योगदान गर्ने अपेक्षा गरिएको छ ।