अलपत्र अवस्थामा भेटिएका मैलौली बैतडीका भरत बहादुर चन्दको कृष्णपुरको वाणीबाट उद्धार

Image
Nisarga Hospital

कञ्चनपुर: बैतडी जिल्लाको मैलौली नगरपालिका वडा नं. ९, रोकटा कोल्टडी (तल्ली सोडार) घर बताउने भरत बहादुर चन्द कञ्चनपुरको कृष्णपुर नगरपालिका-२, वाणीमा अत्यन्तै कारुणिक र अलपत्र अवस्थामा भेटिएका छन्।

CP Hospital Dhangadhi

भेटिँदा उनको खुट्टामा चप्पल समेत थिएन। उनी स्थानीय गाउँबस्तीका घरघरमा पुगेर आफ्नो गन्तव्यसम्म पुग्नका लागि बसको टिकट काट्ने पैसा समेत नभएको भन्दै सहयोग मागिरहेका थिए। दुई दिन देखि भोकै रहेको बताउने उनलाई स्थानीयले खानाको व्यवस्था समेत गरे।

nawajiwan

यस्तो अवस्थामा देखेपछि स्थानीयको पहलमा कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिंह साउद र अस्थायी प्रहरी पोष्ट वाणीको सक्रिय सहयोगमा उनको तत्काल उद्धार गरियो।

Attariya Hospital

भरत चन्दका अनुसार, उनी गत दुई दिन अगाडि पहाडबाट रोजगारीका लागि भारत (इन्डिया) तर्फ जान लागेका थिए। यात्राकै क्रममा राती कैलालीको अत्तरिया बसपार्कमा केही अज्ञात व्यक्तिहरूले उनीमाथि लुटपाट र कुटपिट गरेका थिए। लुटपाटमा परेपछि उनीसँग केही पनि बाँकी रहेन र उनी त्यहाँबाट हिँडेरै वाणीसम्म आइपुगेका हुन्।

उद्धार पश्चात् वडा अध्यक्ष र प्रहरी टोलीले उनका आफन्तहरूसँग सम्पर्क गराएको थियो। सम्पर्क भएपछि भरतले आफू महेन्द्रनगरस्थित ब्रह्मदेवमा रहेको भतिजको घर जाने र त्यहाँसम्म जाने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए।

उनको अनुरोधलाई स्वीकार गर्दै कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिंह साउदले ब्रह्मदेवसम्म पुग्ने बसको टिकटको व्यवस्थापन गरिदिएका छन्। तत्पश्चात् अस्थायी प्रहरी पोष्ट वाणीको सहयोगमा उनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।