युवाहरुका लागि पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न

Image
Nisarga Hospital

डोटीको जोरायल गाउँपालिकामा युवाहरुका लागि पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा गभरनेन्स मिडिया रिसर्च एण्ड टे«निङ्ग ग्रुप -प्रा.लि.) डोटीको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

May be an image of studying, smiling and text that says 'युवाहरुका लागि (पाँच दिने) आधारमूत उद्घोषण तालिम (ุ जेठ 98 देखि १८ गतेसम्म) स्थान: जोरायल गा.पा. ఫె, रावतकट्टे आयोजक: जोरायल गाउपालिका रावतकट्टे, डोटी सहजिकरण: G रा्ड ट्रैनिন प्ा.लि.) गभरनेन्स मिडिया रिसर्य डोटी Su LATPON'
तालिमको समापन कार्यक्रममा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा उद्घोषण गर्न गाउँपालिका स्तरमै जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए । भौतिक विकासका काम सङ्गै क्षमता विकास पनि अपरिहार्य भएकाले गाउँपालिकाले विभिन्न खालका क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु पनि बेला बेलामा सञ्चालन गर्दै आएको बताए ।
त्यस्तै जोरायल गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहराले आधारभूत तालिममा सहभागिहरुले सिकेका कुराहरुलाई व्यवहारमा ल्याउनुपर्नेमा जोड दिइन् ।
जोरायलका ६ वटै वडाबाट ४ जनाका दरले तालिममा २४ जना सहभागि रहेका थिए ।

May be an image of one or more people and text
तालिममा उद्घोषक, उद्घोषकको परिभाषा र अर्थ, उद्घोषणका शैली, प्रकार, कार्यक्रम तालिका -स्क्रिप्ट लेखन) तयारी, औपचारिक कार्यक्रमका चरणहरु, सफल उद्घोषकले जान्नैपर्ने कुराहरु, गर्नुपर्ने पूर्व तयारी र त्यसका फाइदाहरु, कार्यक्रमलाई आकर्षक बनाउने तरिका, उद्घोषकमा हुनुपर्ने गुणहरु, उद्घोषकले गर्न नहुने कामहरुबारे प्रशिक्षण दिईएको थियो ।
त्यस्तै सार्वजनिक कार्यक्रम र रेडियो कार्यक्रम उद्घोषण, उद्घोषकले प्रयोग गर्ने भाषा, माइक्रोफोनमा उद्घोषण, राष्ट्रिय मर्यादाक्रमबारे जानकारी लगाएत विषयमा आधारभूत जानकारी सहित प्रयोगात्मक अभ्यास सहित प्रशिक्षकहरु लोकेन्द्र ओझा, खगेन्द्र प्रसाद -केपी) कलौनी र झलक पालीले प्रशिक्षण दिएको प्रशिक्षार्थी चित्रा कुमारी खत्रीले बताईन् ।
तालिमको समापन कार्यक्रममा सहभागिमध्येबाट पुरुषतर्फ तपराज भट्ट र महिलातर्फबाट कोपिला नेपालीलाई प्रमाण पत्र र नगद सहित उत्कृष्ट सहभागिता पुरुस्कार प्रदान गरिएको थियो भने सबै सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको जोरायल गाउँपालिकाले जनाएको छ ।

nawajiwan
Attariya Hospital

May be an image of one or more people, people studying and text

May be an image of one or more people, people smiling and textMay be an image of one or more people and text that says 'युवाहरूका लागि (पौचदिने) पौँच दिने) आधारमूत उदघोषण तालिम 120c 200 9H दसি सत्मा MIVCE'