कृष्णपुरमा एआई तथा डिजिटल मार्केटिङ सम्बन्धी २० दिने तालिम सुरु

Image
Nisarga Hospital

कञ्चनपुर: युवाहरूलाई आधुनिक प्रविधि तथा डिजिटल सीपसँग जोड्दै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले कृष्णपुर नगरपालिकामा एआई (Artificial Intelligence) तथा डिजिटल मार्केटिङ सम्बन्धी २० दिने तालिम सुरु भएको छ।
नगरपालिकाको आयोजना तथा सम्बन्धित प्राविधिक प्रशिक्षकहरूको सहकार्यमा सञ्चालन भएको उक्त तालिम २० दिनसम्म अनलाइन प्रविधिमार्फत सञ्चालन हुनेछ। तालिममा नगर क्षेत्रका युवायुवती, विद्यार्थी, उद्यमी तथा सूचना प्रविधिमा रुचि राख्ने सहभागीहरूको सहभागिता रहेको छ।

CP Hospital Dhangadhi


तालिममा कृत्रिम बौद्धिकता (एआई) को परिचय, विभिन्न एआई टुलहरूको प्रयोग, कन्टेन्ट निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल विज्ञापन, ब्रान्ड प्रवर्द्धन, फेसबुक तथा गुगल मार्केटिङ, अनलाइन व्यवसाय प्रवर्द्धन, ग्राहक पहुँच विस्तार लगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

कार्यक्रमका वक्ताहरूले वर्तमान समय सूचना तथा प्रविधिको युग भएकाले डिजिटल सीपको विकासले युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताएका छन्। उनीहरूले एआई र डिजिटल मार्केटिङको ज्ञानले स्वरोजगार, फ्रीलान्सिङ तथा उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन्।

nawajiwan
Attariya Hospital

नगरपालिकाले युवाहरूको क्षमता अभिवृद्धि, सूचना प्रविधिमा पहुँच विस्तार तथा डिजिटल सशक्तीकरणका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक तथा प्रविधिमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

२० दिनसम्म सञ्चालन हुने उक्त तालिमबाट सहभागीहरूले आधुनिक प्रविधिको प्रयोग, डिजिटल बजारको समझ तथा अनलाइन माध्यमबाट आयआर्जनका सम्भावनाबारे व्यावहारिक अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ।