साइपाल गाउँपालिका–५ मा रहेको तारेकोट खोलामा निर्माण गरीएको झोलुङे पुलको उद्घाटन

Image
Nisarga Hospital

बझाङः साइपाल गाउँपालिका–५ का न्युना र बलौडि गाउ बिचमा रहेको तारेकोट खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । पुल नहुँदा वर्षातको बेलामा यी दुई गाउँ बीचको भौतिक सम्पर्क समेत बिच्छेद हुने गरेकोमा अब उक्त खोलामा झोलुङ्गे पुल बनेपछि न्युना र बलौडि गाउ जोडिएका छन ।

CP Hospital Dhangadhi

९० मिटर लामो उक्त पुल गैर सरकारी संस्था कादुरी एग्रिकल्चरल एड एसोसिएसन तथा ब्रिटिस गोर्खाज नेपालको सहयोगमा निर्माण गरिएको हो । सोमवारबाट प्रयोगमा आएको उक्त पुलको उद्घाटन गर्दै साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले वर्षौंदेखि जोखिमपूर्ण बाटो प्रयोग गर्दै आएका स्थानीयले अब सुरक्षित रूपमा आवतजावत पाउने बताउनुभयो । वर्षायाममा जोखिम लिएर खोला तर्नुपर्ने समस्या हटेकाले विद्यार्थी, महिला, ज्येष्ठ नागरिक तथा बिरामीलाई ठूलो राहत पुगेको उपाध्यक्ष तामाङको भनाइ थियो ।

Attariya Hospital

वडा कार्यालयबाट लिनुपर्ने सिफारिस, घटना दर्ता, घरजग्गा कारोबार जस्ता सुविधा लिनका लागि बलौडीका स्थानीयले न्यूना नै पुग्नु पर्ने भएकोले पुल नहुँदा निकै समस्या झेल्नु परिरहेको थियो । ‘यो पुल बनेपछि न्यूना भन्दा पनि बलौडी गाउँकालाई बढी सुविधा भएको स्थानीयले बताएका छन् ।

nawajiwan

१ करोड ६७ लाख ८३ हजारको लागतमा ०८२ माघबाट निर्माण सुरु भएको उक्त पुल १ सय २७ दिनमा नै सम्पन्न गरिएको कादुरी एग्रिकल्चरल एड एसोशिएसन प्राविधिक निर्देशक नारायण गुरुङले बताउनुभयो ।