कृष्णपुरमा ज्ञानोदय क्रिकेट लिग–२०८३ आउँदो असार ५ गतेदेखि सुरु हुने, टिम दर्ता खुल्ला

Image
Nisarga Hospital

कञ्चनपुर: श्री ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुल कृष्णपुर २ बंक कञ्चनपुरले खेलकुद प्रवर्द्धन कार्यक्रमअन्तर्गत “ज्ञानोदय क्रिकेट लिग (GCL)–२०८३” आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी २०८३ असार ५ गतेदेखि बनहरा खेल मैदानमा सञ्चालन हुने विद्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

विद्यालय वा स्थानीय क्लबका टोलीहरूले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा प्रवेश शुल्क रु. ३ हजार तोकिएको छ। प्रतियोगिता T-10 ढाँचामा सञ्चालन हुनेछ भने खेलमा ICC का प्रचलित नियमहरू लागू गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले रु. २५ हजार ५ सय ५० नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १२ हजार ५ सय ५० नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी र उत्कृष्ट बलरलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

nawajiwan
Attariya Hospital

टोली दर्ताको अन्तिम मिति २०८३ असार ४ गते साँझ ५ बजे सम्म तोकिएको छ। सोही दिन साँझ ६ बजे टाइ सिट (TIE Sheet) सार्वजनिक गरिनेछ।

प्रतियोगितामा सहभागी खेलाडीहरू कक्षा १० सम्म अध्ययनरत विद्यार्थी हुनुपर्ने तथा २०८२ सालको SEE दिएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रत्येक टोलीले खेलाडीहरूको फोटोसहितको नामावली, ID कार्ड, EMIS कोड तथा जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने आयोजकले जनाएको छ।
थप जानकारीका लागि ९८६४७५१८२९, ९८०४६२६५११, ९८०६४०२६७४ र ९८६८७८४३४७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।