कृष्णपुरमा ज्ञानोदय क्रिकेट लिग २०८३ सुरु, उद्घाटन खेलमै रोजी स्कुलको शानदार जित

Image
Nisarga Hospital

कञ्चनपुर: ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुलको आयोजनामा ज्ञानोदय क्रिकेट लिग २०८३ भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन सिंह साउदले गरेका हुन्।

CP Hospital Dhangadhi

उद्घाटन खेल रोजी एक्सक्लुसिभ इङ्लिस बोर्डिङ स्कुल र केदार पब्लिक स्कुल बीच सम्पन्न भएको थियो। टस जितेर पहिले फिल्डिङ रोजेको रोजी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै २२ रन र ७ विकेटको फराकिलो अन्तरले विजय हासिल गरेको आयोजकले जनाएको छ।

nawajiwan

प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको छ। खेलहरू कृष्णपुर–२ स्थित बनहरा खेलमैदान मा सञ्चालन भइरहेका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २५ हजार ५ सय ५०, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु. १२ हजार ५ सय ५०, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, बेस्ट बलर अफ द टुर्नामेन्ट र बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट लाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

Attariya Hospital

उद्घाटन समारोहमा ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुलका प्रिन्सिपल मनोज कुमार भट्ट, रोजी स्कुलका भाइस प्रिन्सिपल पुष्कर बहादुर बम, रौलेश्वर पब्लिक स्कुलका प्रिन्सिपल भीम खड्का, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ज्ञानोदय गुरुकुल वर्ल्ड स्कुलका प्रिन्सिपल मनोज कुमार भट्टले विद्यालयस्तरमै खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा टोलीभावनाको विकास गर्ने भएकाले यस्ता प्रतियोगिताहरू आवश्यक रहेको उल्लेख गरे। साथै, सहभागी सबै टिमलाई उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलभावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे।

विद्यालयस्तरीय क्रिकेट प्रतिभाको विकास तथा खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुद गतिविधिलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।