आन्तरिक स्रोत अभाव जनाउदै बझाङको बित्थडचिरमा ११० करार कर्मचारी हटायो !

Image
Nisarga Hospital

बझाङको बित्थडचिर गाउँपालिकाले विभिन्न शाखामा कार्यरत १ सय १० जना करार कर्मचारीको सेवा अवधि आगामी श्रावणदेखि नथप्ने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिका बैठकले आन्तरिक आयस्रोतको अभाव र संघीय सरकारको निर्देशनलाई आधार बनाएर उक्त निर्णय गरेको जनाएको हो।

CP Hospital Dhangadhi

संघीय सरकारले स्वीकृत दरबन्दीभन्दा बाहिरका कर्मचारी नराख्न स्थानीय तहलाई निर्देशन दिएपछि सोहीअनुसार सेवा अवधि नथप्ने निर्णय गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ। सीमित आर्थिक स्रोतका कारण करार कर्मचारीको तलबभत्ता व्यवस्थापन गर्न कठिन भएको पनि गाउँपालिकाको भनाइ छ।

सेवा अवधि समाप्त हुने कर्मचारीमा शिक्षक, प्राविधिक, प्रशासन सहायक, मनोसामाजिक परामर्शकर्ता लगायत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारी रहेका छन्। निर्णयअनुसार उनीहरूको सेवा आगामी श्रावण महिनादेखि स्वतः समाप्त हुनेछ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

गाउँपालिकाले आर्थिक अनुशासन, कानुनी व्यवस्था र सुशासनलाई प्राथमिकता दिँदै निर्णय गरिएको जनाएको छ। यद्यपि, यसबाट ११० करार कर्मचारी प्रत्यक्ष रूपमा रोजगारीबाट प्रभावित हुने भएका छन्। अर्कोतर्फ, केही स्थानीयवासीले सीमित स्रोत–साधन, कानुनी प्रावधान र वित्तीय अनुशासनलाई मध्यनजर गर्दै गरिएको निर्णयलाई सकारात्मक कदमका रूपमा लिएका छन्। गाउँपालिकाको यो निर्णयले स्थानीय तहमा करार कर्मचारी व्यवस्थापन र आर्थिक दायित्वबारे नयाँ बहससमेत सुरु गरेको छ।

Dhnagadhi & Krishanapur