जिल्ला विपद् व्यवस्थापन समिति बझाङको बैठक बस्यो , जिप दुर्घटनामा परी घाइतेलाइ सहयोग गर्ने निर्णय

Image
Nisarga Hospital

बझाङः प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको अध्यक्षतामा आजे जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । उक्त बैठकले केदारस्युँ गाउँपालिका–७ सुगरेमा भएको जिप दुर्घटनापछि राहत, उपचार र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउने विभिन्न निर्णय गरेको छ ।

CP Hospital Dhangadhi

असार २७ गते केदारस्युँ गाउँपालिका–७ मा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। दुर्घटनापछि मृतक तथा घाइतेहरूको खोज, उद्धार, सम्पर्क, समन्वय र सहजीकरणमा सहयोग पुर्‍याउने स्थानीय तह, राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी, कर्मचारी, नागरिक समाज तथा अन्य सरोकारवाला निकाय प्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ।

साथै गम्भीर घाइते मध्ये दुई जनाको काठमाडौँ र पाँच जनाको नेपालगन्जमा उपचार भइरहेको उल्लेख गर्दै उनीहरूको उपचार, अन्य खर्च व्यवस्थापनका लागि जिल्लाका सबै स्थानीय तहले न्यूनतम दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ। साथै हेलिकोप्टरको खर्च भने केदारस्यु गाउँपालिका र दुर्गाथली गाउँपालिकाले बेहोर्ने भएको छ ।

nawajiwan

यस्तै घाइतेहरूको आर्थिक अवस्था कमजोर रहेकाले राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नेपाल पत्रकार महासङ्घ तथा राष्ट्रसेवक कर्मचारीहरूलाई समेत स्वेच्छिक आर्थिक सहयोग गर्न आग्रह गरिएको छ। सहयोग व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको छ।

Attariya Hospital

बैठकमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले घाइतेहरूको उपचारका लागि आवश्यक थप सहयोग उपलब्ध गराइदिन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायले घाइतेको उ्रदार गर्न हेलिकोप्टर सहित अन्य समन्वय गर्न चाँडो पहल गरेको भन्दै प्रशंसा समेत गरिएको थियो । स्थानीय तहको बजेट घट्रदे गएको तर जिम्मेवारी भने बढि रहेकाले यस्ता दुर्घटनामा प्रदेश र केन्द्र सरकारले पनि जिम्मेवारी लिनुपर्ने जनप्रतिनिधीहरूले बताएका थिए ।

त्यसैगरी, मनसुन सुरु भए सँगै भइरहेको वर्षा, बाढी, नदी कटान र पहिरोका कारण सडक जोखिम बढेकाले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सडकको आवश्यक मर्मत, सम्भार तथा जोखिमयुक्त मोडहरूको सुधार कार्य तत्काल अघि बढाउन निर्देशन दिइएको छ। बैठकले यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले गरेका निर्णयहरूको समीक्षा गरेको छ। ग्रामीण भेगका सडकमा जिपमा यात्रा गर्दा चालक सहित सबार यात्रुले पनि चनाखो हुन जरुरी रहेको जानकारहरूको भनाइ छ ।