कृष्णपुरको वृन्दावन गौशलामा अमेरिका बस्ने सिलवालको गौसंरक्षणमा सहयोग, गरियो गौआहार वितरण

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–४, वृन्दावनस्थित श्री ग्वासी समैजी गौशालामा रहेका करिब ७ सय छाडा, अपाङ्ग तथा बेसहारा गौमातालाई शुक्रवार साउन १ गते चारो खुवाउने कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रमका लागि सामाजिक अभियान्ता कृष्णपुरका युवा समाजसेवी शिवराज खड्का विशेष पहलमा अमेरिका निवासी सामाजिक अभियन्ता शिव सिलवालले उपलब्ध गराएको रु. १५ हजार ३ सय ५९ आर्थिक सहयोग सामाजिक अभियन्ता शिवराज खड्काले गौशालालाई हस्तान्तरण गरेका थिए। उक्त सहयोगबाट गौमाताहरूलाई चारो खुवाइएको हो।

Attariya Hospital

कार्यक्रममा कृष्णपुर नगरपालिका–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, समाजसेवी हिमाल मल्ल, गौशालाका अध्यक्ष भक्तबहादुर खड्का तथा गौशालाको टोलीको सहभागिता रहेको थियो। सहयोग हस्तान्तरणपछि सामाजिक अभियन्ता शिवराज खड्काले गौ:सेवा धार्मिक आस्था मात्र नभई मानवीय दायित्वसमेत भएकाले यस्ता अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। उनले विदेशमा रहेर पनि गौसंरक्षणमा सहयोग गर्ने शिव सिलवालप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले गौशालाको संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

nawajiwan

कार्यक्रममा सहभागीहरूले गौसंरक्षण र गौसेवामा समाजका सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कृष्णपुर ४ विन्द्रावन मा रहेको उक्त ग्वासी समैजी गौशाला नगर कै उत्कृष्ट गौशाला बनिरहेको छ। हाल उक्त गौशालामा व्यवस्थित रुपमा हजारौको संख्यामा गौमाता संरक्षित गरिएको वडा अध्यक्ष धर्म बहादुर सिहले बताएका छन्।