असहाय एकल महिलालाई व्यक्तिगत रुपमा कृष्णपुरका तीन समाजसेवी युवाहरूद्वारा खाद्यान्न सहयोग

Image
Nisarga Hospital

कञ्चनपुर: सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ भन्ने उदाहरण कृष्णपुर नगरपालिका–२, बंकको नवदुर्गा टोलमा देखिएको छ। आर्थिक अभावसँग संघर्ष गरिरहेकी २८ वर्षीया असहाय एकल महिला परु चन्द र उनका तीन साना सन्तानलाई कृष्णपुरका तीन समाजसेवी युवाले करिब ८ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको दैनिक उपभोग्य(पंखा) सरसफाइका सामाग्री(साबुन, ब्रुस, कलकेट) तथा खाद्यान्न सामग्री(चामल, दाल, तेल र नुन) सहयोग गरेका छन्।

CP Hospital Dhangadhi

सानै उमेरमै श्रीमानको असामयिक निधनपछि तीन साना छोराछोरीको जिम्मेवारी एक्लै सम्हाल्दै आएकी परु चन्दको जीवन निकै कष्टकर बनेको छ। उनका साढे चार वर्षीया छोरी पुष्पा चन्द, तीन वर्षीय छोरा पुष्कर चन्द र एक वर्षीया छोरी धना चन्द छन्। साना बालबालिकाको पालनपोषण गर्न उनी अहिले इँटा भट्टामा दैनिक ज्यालादारी मजदुरी गरेर परिवार चलाइरहेकी छन्। न्यून आम्दानी, महँगी र बालबालिकाको हेरचाहको दोहोरो जिम्मेवारीका कारण उनको दैनिकी निकै पीडादायी बनेको छ।

nawajiwan

यही अवस्था देखेपछि कृष्णपुर नगरपालिका–१ निवासी भिमबहादुर बुढा, कृष्णपुर–४ का अनिल देउवा र ईशान राना ले व्यक्तिगत रूपमा रकम संकलन गरी खाद्यान्न सहयोग गरेका हुन्। शुक्रबार परु चन्दकै घरमा पुगेर वडा नं. २ का अध्यक्ष अर्जुन सिंह साउद को उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको थियो।

Attariya Hospital

“म नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरमा बालबालिकाको क्षेत्रमा काम गर्छु। फिल्ड भ्रमणका क्रममा परु दिदीका साना बालबालिकाको अवस्था देख्दा मन निकै दुख्यो। सबै समस्या समाधान गर्न त सकिँदैन, तर थोरै भए पनि सहयोगले उहाँहरूको दुःखमा साथ दिन सकिन्छ भन्ने उद्देश्यले साथीहरूसँग मिलेर यो सहयोग गरेको समाजसेवी युवा भिम बहादुर बुढाले बताए।

“समाजमा यस्ता मानवीय कार्यले सकारात्मक सन्देश दिन्छ। व्यक्तिगत पहलमा सहयोग गर्ने यी युवाहरू वास्तवमै प्रशंसाका पात्र हुन्। स्थानीय तहले पनि आवश्यक समन्वय र सहयोग गर्ने प्रयास गर्नेछ। सक्षम व्यक्तिहरूले यस्ता विपन्न परिवारतर्फ ध्यान दिन सके धेरै परिवारको जीवनमा आशा थपिने कृष्णपुर २ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताए।

“श्रीमान् गुमाएपछि तीन साना बच्चा हुर्काउन धेरै गाह्रो भएको छ। दिनभरि मजदुरी गरेर पनि घर खर्च चलाउन मुस्किल पर्छ। आज मनकारी युवाहरूले घरमै आएर गरेको सहयोगले आफुलाई ठूलो हौसला मिलेको असहाय एकल महिला परु चन्दले बताईन।

स्थानीयवासीका अनुसार यस्ता मानवीय सहयोगले आर्थिक रूपमा विपन्न तथा असहाय परिवारमा नयाँ आशा जगाउने मात्र होइन, समाजमा सहयोग र सहकार्यको संस्कृतिलाई पनि बलियो बनाउने विश्वास गरिएको छ।