डोटीको जोरायलमा चिम्टा प्रहार गरी शिक्षकद्वारा आफ्नै श्रीमतीको हत्या

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायलमा एक शिक्षकले चिम्टा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जोरायल गाउँपालिका-४ देउथलाका अन्दाजी ५०/५१ वर्षका चन्द्र बहादुर ओलीले बुधबार दिउँसो मदिरा सेवन गरी ४७ बर्षीया श्रीमती अमृता ओलीको पेटमा धारिलो चिम्टा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताए ।

CP Hospital Dhangadhi

चिम्टा प्रहारबाट पेटको वाँया भागमा चोट लागी गम्भीर घाईते भएकी अमृतालाई उपचारको लागी जोरायल गाउँपालिका ३ चन्कट्टे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। तर चन्कट्टेमा उपचार सम्भव नभएपछि थप उपचारका सेती प्रादेशिक अस्पताल, धनगढी कैलाली लगिएको थियो ।

Attariya Hospital

सेती प्रादेशिक अस्पताल पुर्याएपछी चेकजाँच गर्दा बेलुकी ६ बजेर २० मिनेटमा डाक्टरले अमृतालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

nawajiwan

अमृताको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । डोटी प्रहरीले अमृताका श्रीमान चन्द्र बहादुरलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
चन्द्रबहादुर जोरायल गाउँपालिका ४ छेपण्डास्थित जगदम्बा आधारभूत विद्यालयमा राहात कोटाका कार्यरत शिक्षक रहेको बताइएको छ ।