
काठमाडौंः केही समयअघि “म नेपाली हुँ, म बेपत्ता भएको छु, कृपया मलाई खोजेर मेरो परिवारसँग सम्पर्क गराइदिनुहोस्” भन्ने भिडियोका कारण सामाजिक सञ्जालमा भाइरल बनेका आर. महेश कार्की अहिले आफू कुलतमा फसेर ठूलो ऋणमा परेको दाबी गर्दै आर्थिक सहयोगको अपिल गरिरहेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफूले लागेको ऋण तिर्न नसकेको उल्लेख गर्दै इच्छुक व्यक्तिहरूसँग सहयोगको आग्रह गरेका छन्। उक्त अपिलपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले एक रुपैयाँ, दुई रुपैयाँदेदुइ हजार, तिन हजार रुपैयाँसम्म सहयोग गरिरहेको देखिएको छ। सहयोग गर्ने व्यक्तिहरूको भिडियोसमेत उनले R Mahesh Karki नामक फेसबुक पेज प्रोफाइलमार्फत सार्वजनिक गरिरहेका छन्।

र उनले सार्वजनिक गरेको कथित “उडान पार्टी” सम्बन्धी दसत्यतथ्य कुनै पाइएको छैन ! यस विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।































