धनगढीमा सिप्रदी ट्रेडिङले सार्वजनिक गर्‍यो टाटा BS6 बस च्यासिस

Image
Nisarga Hospital

धनगढीः नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले धनगढीमा आयोजित विशेष कार्यक्रममा टाटा मोटर्सका अत्याधुनिक BS6 बस च्यासिस सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न यातायात व्यवसायी, समिति तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सुदूरपश्चिमका सहसंयोजक टेकराज जोशी रहेका थिए भने सिप्रदी ट्रेडिङका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकाल विशेष अतिथिका रूपमा सहभागी रहेका थिए।

कार्यक्रममा ८ मिटरदेखि १२ मिटर लम्बाइका टाटा BS6 बस च्यासिसहरू प्रदर्शनमा राखिएका थिए। छोटो तथा मध्यम दूरीका लागि उपयुक्त डे बस (Day Bus) र लामो दूरीका यात्राका लागि डिजाइन गरिएका नाइट बस (Night Bus) का विभिन्न मोडलहरू अवलोकनका लागि प्रस्तुत गरिएको थियो।

nawajiwan

Attariya Hospital

सिप्रदी ट्रेडिङका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेल ले BS6 प्रविधिका विशेषताबारे जानकारी दिँदै नयाँ पुस्ताको यी बस च्यासिसहरू कम प्रदूषण उत्सर्जन गर्ने, उत्कृष्ट इन्धन दक्षता प्रदान गर्ने, बढी माइलेज दिने तथा वातावरणमैत्री रहेको बताए। उनका अनुसार BS6 सवारीमा अत्याधुनिक इन्जिन व्यवस्थापन प्रणाली, उन्नत After Treatment System (ATS), Selective Catalytic Reduction (SCR) प्रविधि, उत्कृष्ट टर्क र पावर, कम कम्पन तथा कम आवाज, लामो इन्जिन आयु र न्यून मर्मत खर्च जस्ता विशेषताहरू रहेका छन्।

उनले BS6 बस च्यासिसमा चालकको सहजताका लागि आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, उन्नत डायग्नोस्टिक प्रणाली, राम्रो ब्रेकिङ क्षमता, उच्च ग्रेडेबिलिटी तथा यात्रु सुरक्षालाई प्राथमिकता दिने विभिन्न प्रविधिहरू समावेश गरिएको जानकारी दिए। यी विशेषताले सञ्चालन खर्च घटाउनुका साथै व्यवसायीलाई दीर्घकालीन लाभ पुग्ने बताए।

पोखरेलले सिप्रदी ट्रेडिङले BS6 सवारीसाधन बिक्रीमा मात्र सीमित नरही ग्राहक सेवामा पनि विशेष ध्यान दिएको उल्लेख गर्दै BS6 प्रविधि, AdBlue को सही प्रयोग, इन्धन बचत, सुरक्षित ड्राइभिङ तथा सवारीको उचित मर्मतसम्भार सम्बन्धी चालक (Driver) प्रशिक्षण कार्यक्रम विगतदेखि सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जानकारी दिए।

कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूले BS6 प्रविधियुक्त टाटा बस च्यासिसप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै नयाँ प्रविधिले सार्वजनिक यातायात क्षेत्रलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा सिप्रदी ट्रेडिङको व्यवस्थापन तथा बिक्री विभागबाट दीपेन्द्र चन्द को समेत उपस्थिति रहेको थियो।