कञ्चनपुरको दोदा/मछेली नदीमा डुबेर बालकको ज्यान गयो !

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका–२, बाणी स्थित मछेली/दोदा नदीमा नुहाउने क्रममा डुबेर एक किशोरको दुःखद मृत्यु भएको छ।

CP Hospital Dhangadhi

बिहीबार दिउँसो साथीहरूसँग नदीमा नुहाउन गएका कृष्णपुर–२, बाणी निवासी १५ वर्षीय आदेश लुहार पानीमा डुबेका थिए। गम्भीर अवस्थामा उद्धार गरिएका लुहारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Attariya Hospital

मृतक लुहार कृष्णपुर–२ स्थित सनलाईट पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए। मिलनसार, अनुशासित र अध्ययनमा रुचि राख्ने विद्यार्थीका रूपमा चिनिएका उनको असामयिक निधनले विद्यालय परिवार, साथीभाइ तथा स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।

nawajiwan

गर्मी बढेसँगै नदी तथा खोलामा नुहाउने क्रममा हुने दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले बालबालिका तथा किशोरकिशोरीलाई अभिभावकको निगरानीमा मात्रै नदी तथा खोलामा जान र विशेष सावधानी अपनाउन आग्रह गरेको छ।