डोटीमा अटो दुर्घटना : एक महिलाको मृत्यु, चार जना घाइते

Image
Nisarga Hospital

डोटी:डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बिहीबार दिउँसो ४:२० बजे डोटीको केआईसिंह गाउँपालिका–४ बास्कोटस्थित दिपायल–बोगटान भित्री सडकखण्डमा वायलबाट देउरडीतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ८६८४ नम्बरको अटो दुर्घटना भएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार केआईसिंह गाउँपालिका–३ बासुदेवीका करिब २४ वर्षीय दिपेन्द्र बमले चलाएको अटोको ब्रेक फेल भई सडकको दायाँतर्फको नालीमा पल्टिएको थियो। दुर्घटनामा परी अटोमा सवार पाँच जना घाइते भएका थिए।

घाइतेमध्ये केआईसिंह गाउँपालिका–३ डल्लाकी ५५ वर्षीया लछु ऐरको छाती र बायाँ हातमा चोट लागेको थियो। उनको अवस्था मध्यम रहेकोमा थप उपचारका लागि साँझ ६:४० बजे सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो। अस्पताल लैजाने क्रममा शिखर नगरपालिका–१ कालागाडस्थित बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

nawajiwan
Attariya Hospital

दुर्घटनामा केआईसिंह गाउँपालिका–२ देउगडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वडा नं. ३ बासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, वडा नं. ३ डल्लाकी १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर घाइते भएका छन्।

गौरीदेवीको पेटमा, हरिनादेवीको टाउको तथा दायाँ आँखामा, चेतनाको टाउकोमा र मातादेवीको दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको छ।

दुर्घटनापछि प्रहरी चौकी वायलबाट प्रहरी नायब निरीक्षक कुलवीर बोहराको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई उपचारका लागि महाकाली अस्पताल, राजपुर डोटी ल्याइएको प्रहरीले जनाएको छ।